अण्डाको मूल्यमा भारी वृद्धि, खुद्रा बजारमा प्रतिगोटा करिब २५ रुपैयाँ पुग्यो – Naya Bikalpa
June 6, 2026, Saturday      Epaper

अण्डाको मूल्यमा भारी वृद्धि, खुद्रा बजारमा प्रतिगोटा करिब २५ रुपैयाँ पुग्यो

काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले आज (शनिबार)देखि लागू हुने गरी अण्डाको नयाँ मूल्यसूची सार्वजनिक गरेको छ। संघले अण्डाको विभिन्न वर्गको मूल्य वृद्धि गर्दै नयाँ दर निर्धारण गरेको हो।

नयाँ मूल्यसूचीअनुसार एक्सएल अण्डाको मूल्य प्रतिक्रेट ५६० रुपैयाँ कायम गरिएको छ। यसअघि यसको मूल्य ४६५ रुपैयाँ रहेको थियो।

त्यस्तै, ठूलो अण्डाको मूल्य प्रतिक्रेट ५४५ रुपैयाँ पुगेको छ, जुन यसअघि ४९० रुपैयाँ थियो।

मध्यम अण्डाको मूल्य प्रतिक्रेट ५१५ रुपैयाँ निर्धारण गरिएको छ भने सानो अण्डाको मूल्य प्रतिपेटी ३ हजार रुपैयाँ कायम गरिएको संघले जनाएको छ। यसअघि सानो अण्डाको प्रतिपेटी मूल्य २ हजार ३०० रुपैयाँ रहेको थियो।

नयाँ मूल्य लागू भएसँगै खुद्रा बजारमा अण्डाको मूल्य प्रतिगोटा करिब २५ रुपैयाँसम्म पुगेको छ। संघका अनुसार उत्पादन लागत र बजार अवस्थालाई ध्यानमा राखेर मूल्य समायोजन गरिएको हो।

सम्बन्धित समाचार

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०८३ जेष्ठ २३, ०८: ३०

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार अमेरिकी डलर एकको खरिददर १५१...

सुनचाँदीको मूल्य घट्यो
सुनचाँदीको मूल्य घट्यो
  • २०८३ जेष्ठ २३, ०८: ३०

काठमाडौं : स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा रु दुई हजार १०० र चाँदी रु ५५...

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०८३ जेष्ठ २३, ०८: ३०

काठमाडौं : नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...