पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव: पहाडी क्षेत्रमा वर्षा र चट्याङको सम्भावना, तराईमा अत्यधिक गर्मी बढ्ने – Naya Bikalpa
June 7, 2026, Sunday      Epaper

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव: पहाडी क्षेत्रमा वर्षा र चट्याङको सम्भावना, तराईमा अत्यधिक गर्मी बढ्ने

काठमाडौँ । देशको उपल्लो वायुमण्डलमा सक्रिय पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभावका कारण देशका विभिन्न क्षेत्रमा बदली, वर्षा तथा चट्याङको सम्भावना रहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि आंशिक बदली रहेको छ भने तराईका भूभागमा आंशिक बदली रहेको छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा भइरहेको छ।

महाशाखाले आज दिउँसो कोशी प्रदेशसहित हिमाली क्षेत्रमा सामान्य बदली रहने तथा मधेस प्रदेशसहित अन्य पहाडी क्षेत्रमा आंशिक बदली रहने जनाएको छ। तराईका अधिकांश भूभागमा भने मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।

कोशी प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, मधेस प्रदेशसहित अन्य हिमाली क्षेत्रका एक–दुई स्थानमा वर्षा तथा हिमपात हुन सक्ने महाशाखाको प्रक्षेपण छ।

यता, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा तापक्रम अनपेक्षित रूपमा बढ्न सक्ने भएकाले गर्मीको प्रभावबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

आज राति पनि कोशी प्रदेशसहित हिमाली क्षेत्रमा सामान्य बदली तथा मधेस प्रदेश र अन्य पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। तराईका अधिकांश भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान छ।

कोशी प्रदेशका केही तथा मधेस, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

महाशाखाले विशेषगरी मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तापक्रम बढ्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन र मौसमसम्बन्धी अद्यावधिक सूचनामा ध्यान दिन सर्वसाधारणलाई अनुरोध गरेको छ।

सम्बन्धित समाचार

भारत भ्रमण उपलब्धिमूलक : परराष्ट्रमन्त्री खनाल
भारत भ्रमण उपलब्धिमूलक : परराष्ट्रमन्त्री खनाल
  • २०८३ जेष्ठ २४, ०७: ५२

काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनाल भारतको आफ्नो तीन दिनको औपचारिक भ्रमण सम्पन्न गरी आइतबार स्वदेश फर्किएका छन् । परराष्ट्रमन्त्री खनालसहितको...

ऐतिहासिक विष्णुदेवी मन्दिरमा पुरुषोत्तमास महापुराण– भक्तालुहरुको भीडभाड बढ्दो
ऐतिहासिक विष्णुदेवी मन्दिरमा पुरुषोत्तमास महापुराण– भक्तालुहरुको भीडभाड बढ्दो
  • २०८३ जेष्ठ २४, ०७: ५२

काठमाडौं : ऐतिहासिक, पौराणिक, प्राचीन कालदेखि देवीदेवता तथा नारदादि ऋषिहरुले आराधना गरिएको बखूँ विष्णुदेवी चामुण्डाचल पीठ, पवित्र धाम सातगाउँले यात्राको...

‘आइतबारको बिदा खारेज गर्न लागिएको होइन’
‘आइतबारको बिदा खारेज गर्न लागिएको होइन’
  • २०८३ जेष्ठ २४, ०७: ५२

काठमाडौं : नेपाल सरकारले दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिँदै आएकामा आइतबारको बिदा खारेज गर्न लागेको भन्ने समाचार सत्य...