
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेसको तर्फबाट नियुक्त भएका तीन मन्त्री र दुई राज्यमन्त्रीले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख नजिर मियाँ ले नवनियुक्त मन्त्रीहरूलाई शपथ ग्रहण गराएका हुन्।
मन्त्रिपरिषद् पुनर्गठनअन्तर्गत नियुक्त भएका मन्त्री तथा राज्यमन्त्रीहरूको मन्त्रालयगत जिम्मेवारीसमेत तोकिएको छ।
नवनियुक्त मन्त्रीमध्ये विक्रमसिंह धामी लाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ। त्यसैगरी, बेलबहादुर राना सामाजिक विकास मन्त्री तथा मानबहादुर रावल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नियुक्त भएका छन्।
यस्तै, जुना दानी लाई आर्थिक मामिला राज्यमन्त्री र मधु भारती लाई सामाजिक विकास राज्यमन्त्रीको जिम्मेवारी प्रदान गरिएको छ।
नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विवाद समाधान गर्दै सबै पक्षको प्रतिनिधित्व सुनिश्चित गर्ने सहमतिअनुसार मन्त्रिपरिषद् पुनर्गठन गरिएको बताइएको छ। नयाँ नियुक्तिसँगै प्रदेश सरकारमा कांग्रेसको असन्तुष्ट पक्षले समेत प्रतिनिधित्व पाएको छ, जसलाई पार्टीभित्रको शक्ति सन्तुलन कायम गर्ने प्रयासका रूपमा हेरिएको छ।
काठमाडौं : नवनियुक्त गृहमन्त्री सुधन गुरुङले नारायणहिटी राजदरबार हत्याकाण्डको अनुसन्धान प्रक्रिया अघि बढाउने निर्णय गरेका छन् । पद तथा गोपनीयताको...
धादिङ, असार ९ – धादिङको गल्छी गाउँपालिका–७ स्थित गल्छी बजारमा रहेको पृथ्वी राजमार्गमा पर्यटक सवारी साधन र सानो गाडी एकआपसमा...
काठमाडौं : नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन् । मंगलबार राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित समारोहमा नवनियुक्त गृहमन्त्री सुधन गुरुङ...