यी स्थानमा आज वर्षाको सम्भावना – Naya Bikalpa
June 17, 2026, Wednesday      Epaper

यी स्थानमा आज वर्षाको सम्भावना


काठमाडौं : आज देशका विभिन्न भू–भागमा आंशिक बदलीदेखि वर्षाको सम्भावना छ ।

जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत देशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ भने तराई भू–भागमा आंशिक बादल लाग्नेछ ।

यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा मधेश प्रदेशलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थानका साथै सुदूरपश्चिम प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ ।

आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका थोरै स्थानमा तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति देशभर साधारणतया बादल लाग्नेछ । मधेश प्रदेशलगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थान तथा कर्णाली प्रदेशलगायत सबै प्रदेशका हिमाली भू–भागका साथै सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै र तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ ।

सम्बन्धित समाचार

देशभर १६ सय नयाँ टेलिकम टावर निर्माण प्रक्रिया अघि बढ्यो, ग्रामीण क्षेत्रमा सेवा सुधार गर्न ६ अर्बभन्दा बढी लगानी
देशभर १६ सय नयाँ टेलिकम टावर निर्माण प्रक्रिया अघि बढ्यो, ग्रामीण क्षेत्रमा सेवा सुधार गर्न ६ अर्बभन्दा बढी लगानी
  • २०८३ जेष्ठ २७, ०७: २६

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले देशभर दूरसञ्चार सेवा विस्तार तथा गुणस्तर सुधारका लागि करिब १६ सय नयाँ...

काठमाडौं विश्वविद्यालयको उपकुलपति पदका लागि आवेदन आह्वान
काठमाडौं विश्वविद्यालयको उपकुलपति पदका लागि आवेदन आह्वान
  • २०८३ जेष्ठ २७, ०७: २६

काठमाडौँ । काठमाडौं विश्वविद्यालय (केयू) को रिक्त उपकुलपति पदका लागि आवेदन आह्वान गरिएको छ। उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न...

हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा आउँछन् : उद्योगमन्त्री
हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा आउँछन् : उद्योगमन्त्री
  • २०८३ जेष्ठ २७, ०७: २६

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले रुग्ण अवस्थामा रहेका हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा ल्याइने...