गण्डकी प्रदेशको ३२ अर्ब ९९ करोडको बजेट सार्वजनिक, पूर्वाधारमा उच्च प्राथमिकता – Naya Bikalpa
June 15, 2026, Monday      Epaper

गण्डकी प्रदेशको ३२ अर्ब ९९ करोडको बजेट सार्वजनिक, पूर्वाधारमा उच्च प्राथमिकता

पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३२ अर्ब ९९ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। सोमबार प्रदेशसभामा आर्थिक मामिलामन्त्री जीतबहादुर शेरचनले चालु आर्थिक वर्षको तुलनामा करिब १ अर्ब २ करोड रुपैयाँले वृद्धि गरिएको बजेट प्रस्तुत गरेका हुन्।

प्रस्तुत बजेटमध्ये चालु खर्चतर्फ १२ अर्ब ७२ करोड २६ लाख रुपैयाँ अर्थात् ३८.५६ प्रतिशत विनियोजन गरिएको छ। त्यसैगरी पुँजीगत खर्चतर्फ २० अर्ब २ करोड ६१ लाख रुपैयाँ अर्थात् ६०.६८ प्रतिशत बजेट छुट्याइएको छ। वित्तीय व्यवस्थापनका लागि २५ करोड रुपैयाँ विनियोजन गरिएको मन्त्री शेरचनले जानकारी दिए।

बजेटका लागि आवश्यक स्रोत व्यवस्थापनअन्तर्गत नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान ७ अर्ब ४ करोड ८२ लाख रुपैयाँ रहने अनुमान गरिएको छ। यस्तै, राजस्व बाँडफाँटबाट १० अर्ब १६ करोड ४७ लाख, रोयल्टी बाँडफाँटबाट ५१ करोड ४ लाख, सशर्त अनुदानबाट ३ अर्ब ९३ करोड, समपूरक अनुदानबाट ५५ करोड ४६ लाख तथा विशेष अनुदानबाट ३९ करोड ५४ लाख रुपैयाँ प्राप्त हुने उल्लेख गरिएको छ।

प्रदेश सरकारले आन्तरिक स्रोत परिचालनबाट ५ अर्ब ४ करोड १ लाख रुपैयाँ जुटाउने लक्ष्य राखेको छ भने चालु आर्थिक वर्षको मौज्दातबाट २ अर्ब रुपैयाँ उपयोग गरिने जनाएको छ। बाँकी अपुग हुने १ अर्ब ७५ करोड रुपैयाँ आन्तरिक ऋणमार्फत व्यवस्थापन गरिने बजेटमा उल्लेख छ।

सरकारले पुँजीगत खर्चलाई प्राथमिकतामा राख्दै पूर्वाधार विकास, आर्थिक गतिविधि विस्तार तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यसहित बजेट ल्याएको जनाएको छ।

सम्बन्धित समाचार

लुम्बिनीको बजेट ३७ अर्ब ३८ करोड
लुम्बिनीको बजेट ३७ अर्ब ३८ करोड
  • २०८३ असार १, १९: १७

लुम्बिनी : लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ३७ अर्ब ३८ करोड ४५ लाख रुपैयाँको वार्षिक बजेट...

कोशीको बजेट ४० अर्ब ४४ करोड
कोशीको बजेट ४० अर्ब ४४ करोड
  • २०८३ असार १, १९: १७

विराटनगर : कोशी प्रदेशसभाको आजको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले आगामी आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको...

गण्डकी सरकारले ल्यायो ३२ अर्ब ९९ करोडको बजेट (पूर्णपाठ)
गण्डकी सरकारले ल्यायो ३२ अर्ब ९९ करोडको बजेट (पूर्णपाठ)
  • २०८३ असार १, १९: १७

गण्डकी : गण्डकी प्रदेश सरकारले आगामी आर्थक वर्ष  २०८३/८४ का लागि कूल रु ३२ अर्ब ९९ करोड करोड ९९ लाखको...