बर्डफ्लु पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द – Naya Bikalpa
June 19, 2026, Friday      Epaper

बर्डफ्लु पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द

काठमाडौं : जावलाखेलस्थित सदर चिडियाखाना परिसरभित्र रहेका केही जीवजन्तुमा बर्डफ्लु संक्रमण पुष्टि भएपछि चिडियाखाना अनिश्चितकालका लागि बन्द गरिएको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोषले शुक्रबार सूचना जारी गर्दै चिडियाखाना अर्को सूचना प्रकाशित नभएसम्मका लागि बन्द गरिएको जनाएको हो । संक्रमणका कारण आम दर्शकको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको कोषले स्पष्ट पारेको छ ।

कोषद्वारा जारी सूचनामा चिडियाखाना परिसरभित्र रहेका जीवजन्तुमा बर्डफ्लु संक्रमण देखिएकाले आज असार ५ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्म चिडियाखाना बन्द रहने उल्लेख गरिएको छ । यद्यपि संक्रमण कुन–कुन जीवजन्तुमा देखिएको हो भन्नेबारे विवरण सार्वजनिक गरिएको छैन ।

चिडियाखाना व्यवस्थापनका अनुसार संक्रमण थप फैलिन नदिन तथा आगन्तुकहरूको सुरक्षा सुनिश्चित गर्न सम्पूर्ण अवलोकन तथा अन्य गतिविधि तत्कालका लागि स्थगित गरिएको हो ।

राष्ट्रिय प्रकृति संरक्षण कोषको व्यवस्थापनमा सञ्चालन हुँदै आएको सदर चिडियाखाना देशकै प्रमुख पर्यटकीय तथा शैक्षिक गन्तव्यका रूपमा परिचित छ । दैनिक ठुलो संख्यामा आन्तरिक तथा बाह्य पर्यटक यहाँ आउने गरेका छन् ।

सम्बन्धित समाचार

वैशाखयता विपद्जन्य घटनामा परी १०५ जनाको मृत्यु
वैशाखयता विपद्जन्य घटनामा परी १०५ जनाको मृत्यु
  • २०८३ असार ५, १५: १२

काठमाडौं : यो वर्षको वैशाखपछि आजसम्म (दुई महिना र केही दिन)को अन्तरालमा विपद्जन्य घटनामा परेर १०५ जनाको मृत्यु भएको छ...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
  • २०८३ असार ५, १५: १२

काठमाडौं : नेपाल सरकारले नेपाल धितोपत्र बोर्डको रिक्त अध्यक्ष पदमा कैलाली निवासी डा. गोपालप्रसाद भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ...

धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपालप्रसाद भट्ट नियुक्त
धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपालप्रसाद भट्ट नियुक्त
  • २०८३ असार ५, १५: १२

काठमाडौं : नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपालप्रसाद भट्ट नियुक्त भएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको अध्यक्षमा भट्टलाई नियुक्त...