मन्दिर निर्माणमा भ्रष्टाचार, ९ जनाविरुद्ध मुद्दा – Naya Bikalpa
June 29, 2026, Monday      Epaper

मन्दिर निर्माणमा भ्रष्टाचार, ९ जनाविरुद्ध मुद्दा

काठमाडौं : बझाङको छविसपाथिभेरा गाउँपालिकास्थित बाँठपाली देवता मन्दिर निर्माणमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत र गाउँपालिका उपाध्यक्षसहित ९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आर्थिक वर्ष २०७५/०७६ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट विनियोजित बजेटमा २२ लाख १ हजार ६ सय ६५ रुपैयाँ हिनामिना गरेको दाबीसहित आयोगले मुद्दा दायर गरेको हो ।

आयोगका अनुसार नयाँ पर्यटन गन्तव्य पहिचान गरी विकास गर्ने उद्देश्यले विनियोजन भएको ४५ लाख रुपैयाँ बजेट कार्यान्वयनका क्रममा व्यापक अनियमितता भएको पाइएको छ । तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मकर बहादुर मण्डेल र उपाध्यक्ष राधिका कुमारी रताला लगायतको मिलेमतोमा वास्तविक कार्यभन्दा अस्वाभाविक बढी काम भएको देखाउने, अस्वाभाविक दररेट राख्ने र जनसहभागिताको रकम कम कट्टा गरी झुट्ठा बिल भरपाईका आधारमा भुक्तानी लिने-दिने कार्य भएको अनुसन्धानबाट खुलेको छ ।

अख्तियारले दुर्गाथली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मकर बहादुर मण्डेल, लेखापाल प्रेम प्रसाद पौडेल, इन्जिनियर हिक्मत रावल, सब-इन्जिनियर बम बहादुर बोहरा, छविसपाथिभेरा गाउँपालिकाका तत्कालीन उपाध्यक्ष राधिका कुमारी रताला, वडा नं. ६ का वडा अध्यक्ष मोहन लाल वि.क., बाँठपाली देवता मन्दिर निर्माण समितिका अध्यक्ष कृष्ण बहादुर बुढा, सचिव जय बहादुर बुढा र कोषाध्यक्ष मधुली देवी बुढाविरुद्ध मुद्दा दायर गरेको छ ।

आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम हिनामिना भएको २२ लाख १ हजार ६ सय ६५ रुपैयाँ विगो कायम गरी सोही बराबरको जरिवाना र कैद सजायको मागदाबी गरेको छ । यस्तै, इन्जिनियर र सब-इन्जिनियरले बदनियतपूर्वक गलत प्राविधिक प्रतिवेदन तयार पारेको भन्दै उनीहरूलाई पनि ऐनको दफा १९ बमोजिम सजाय गर्न माग गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।

सम्बन्धित समाचार

एमाले उपाध्यक्ष विष्णु पौडेल म्याद थपका लागि विशेष अदालतमा उपस्थित
एमाले उपाध्यक्ष विष्णु पौडेल म्याद थपका लागि विशेष अदालतमा उपस्थित
  • २०८३ असार १५, १६: ५८

काठमाडौ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल लाई म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले...

लोकतान्त्रिक अभियानद्वारा दही चिउरा खुवाउने कार्यक्रममा गगनको उपस्थितिले हजारौं भेला
लोकतान्त्रिक अभियानद्वारा दही चिउरा खुवाउने कार्यक्रममा गगनको उपस्थितिले हजारौं भेला
  • २०८३ असार १५, १६: ५८

काठमाडौं : लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसले विभिन्न अभियानलाई तीव्रता दिँदै आएको छ । लोकतन्त्रलाई बलियो बनाउन प्रजातन्त्रवादीहरूको भेटघाट, छलफल र...

विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न अनुमति
विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न अनुमति
  • २०८३ असार १५, १६: ५८

काठमाडौं : नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई विशेष अदालतले थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ । विशेष...