
काठमाडौं : लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसले विभिन्न अभियानलाई तीव्रता दिँदै आएको छ । लोकतन्त्रलाई बलियो बनाउन प्रजातन्त्रवादीहरूको भेटघाट, छलफल र अन्तरक्रियाले लोकतान्त्रिक गतिविधिका साथै एकआपसमा मित्रता र भाइचाराको सम्बन्धलाई बलियो बनाउँदै लैजान्छ । यही उद्देश्य राखेर कांग्रेसका युवा नेता मनोजमणि आचार्यले २०७६ सालदेखि विभिन्न समयमा यस्ता भेटघाट, छलफल, अन्तरक्रिया, नयाँ वर्ष, वडादशैं र शुभदीपावलीमा चियापान कार्यक्रमलाई निरन्तरता दिँदै आएका छन् ।

लोकतन्त्रमा विश्वास राख्ने समूह नागार्जुन लोकतान्त्रिक अभियानद्वारा असार १५ गते बिहान दही–चिउरा खुवाउने कार्यक्रममा कांग्रेसका पार्टी सभापति, पदाधिकारी, केन्द्रीय सदस्य, मुख्यमन्त्री, जिल्ला सभापति, सांसद, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, वडा सभापति, भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रमुख, प्राध्यापक, वकिल, डाक्टर, पत्रकार, इन्जिनियर, बुद्धिजीवी एवं सामाजिक संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

असार १५ गतेलाई राष्ट्रिय धान दिवस तथा राष्ट्रिय रोपाइँ पर्वका रूपमा राज्यले मनाउँदै आएको छ । नेपाल कृषिप्रधान देश भएकाले “मानो रोपेर मुरी फलाउने” उद्देश्य राखिएको हुँदा असार १५ गते देशैभर विभिन्न स्थानहरूमा रोपाइँ कार्यक्रम सम्पन्न हुने गर्छन् । यही सन्दर्भमा लोकतान्त्रिक अभियानद्वारा सितापाइला सेल्सबेरीमा आयोजित दही–चिउरा खाने कार्यक्रममा नेपाली कांग्रेसका पार्टी सभापति गगन कुमार थापा, महामन्त्री गुरुराज घिमिरे, नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, सांसद निष्कल राई, सहमहामन्त्रीहरू फरमुल्ला मन्सुर, उदय शम्शेर राणा, प्रकाश रसाइली स्नेही, बागमती प्रदेशका सभापति एवं मुख्यमन्त्री इन्द्रबहादुर वानियाँ, केन्द्रीय सदस्यहरू राजन कुमार केसी, धर्मराज गौतम, नानु वास्तोला, कुसुम थापा मगर, रमेश धमला, सीता मिजार, डा. अमित प्रधान, गीता सत्याल, सपना राजभण्डारी, शिव कुमार सुनुवार, मनकुमारी गुरुङ, निवर्तमान सहमहामन्त्री बद्री पाण्डे लगायतको उपस्थिति रहेको थियो ।
त्यसैगरी बागमती प्रदेश उपसभापति मोहनबहादुर बस्नेत, जिल्ला सभापतिहरू सबुज कृष्ण वानियाँ, रामनाथ अधिकारी, रमेश कुमार महत, नुवाकोटका पूर्व सभापति जगदीश्वर नरसिंह केसी, कांग्रेस नेता दामोदर गौतम, ध्यान गोविन्द रञ्जित, सुरेश मल्ल, युवा नेता कृष्ण रिजाल, पूर्व भिसी तीर्थराज खनियाँ, महासमिति सदस्यहरू किरण गिरि, रीता ढकाल दवाडी, शैलेश कर्माचार्य, गोमा गुरुङ, सविन तामाङ, पुनम लामा, महाधिवेशन प्रतिनिधि लव ढुंगाना, मकवानपुरका कांग्रेस नेता भरत लामा, महाधिवेशन प्रतिनिधिहरू स्वरश्वती भट्ट, शिवजी भट्टराई, सुनिल श्रेष्ठ, इन्द्रमान तुलाधर, वासु कार्की, नेपाली कांग्रेस क्षेत्र नं. ९ का कार्यवाहक क्षेत्रीय सभापति मोहनबहादुर बस्नेत, प्रदेश सभापति राजेन्द्रप्रसाद भट्टराई, नेपाली कांग्रेस नागार्जुन नगर समितिका सभापति दुर्गाप्रसाद गैातम, अधिवक्ता शिवप्रसाद खनाल, कांग्रेस नेता रामहरि रिजाल, लेखनाथ काफ्ले, सभापतिहरु उज्जल दुवाडी, प्रमेश श्रेष्ठ, कार्यवहाक वडा सभापति विनोद डंगोल, वडा सभापतिहरू लगायत नागार्जुन आसपासका ७, ८, ९ र १० क्षेत्रका लोकतान्त्रिक मूल्य–मान्यतालाई आत्मसात गर्दै अभियानमा जोडिएकाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

विशेषगरी काठमाडौंसँग जोडिएका जिल्लाहरू नुवाकोट, धादिङ, मकवानपुर तथा देशैभरबाट अस्थायी रूपमा बसोबास गरेका कांग्रेसनिकट नेताहरू यस अभियानमा जोडिएका छन् । त्यसैगरी विभिन्न जिल्लाबाट काठमाडौंमा बसोबास गर्दै आएका कांग्रेसका शुभचिन्तकहरूको पनि उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा तीस वर्ष मुनिका युवाहरूले गगन कुमार थापासँग अन्तरसंवाद गरेका थिए ।
यस कारण दही–चिउरा खुवाउने कार्यक्रम विशेष आकर्षण बन्न पुग्यो । विशेष महाधिवेशनबाट आएको केन्द्रीय नेतृत्वसँग असहमति राख्दै आएका, वर्तमान पार्टी सभापतिलाई चौबाटोमा बसेर गालीगलौज गर्ने र क्रियाशील सदस्यता अध्यावधिक नगर्नेहरू पनि उत्साहका साथ फोटो सेसन गरिरहेका दृश्यहरू देखिन्थे । अभियानको यस कार्यक्रमले त्यस्ता व्यक्तिहरूलाई पुनः जोड्ने पुलको काम गरेको देखिन्छ ।

नेपाली कांग्रेसभित्र आन्तरिक सुधार, सुशासन र पार्टी रूपान्तरणको मुद्दालाई पनि यस अभियानले तीव्रता दिँदै आएको छ । समूहले समय–समयमा पार्टी नेतृत्वसँग छलफल तथा बृहत् अन्तरसंवाद कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । अभियानलाई नेपाली कांग्रेसका केन्द्रीय नेतृत्व, महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधिहरूको साथ र सहयोग रहँदै आएको छ ।
अन्तरसंवाद कार्यक्रमले पार्टीलाई पुनर्ताजगी गराउँदै आन्तरिक संगठन सुदृढीकरणका साथै राष्ट्रिय राजनीतिको विषयमा समेत व्यापक छलफल हुने गरेको छ । वर्तमान राजनीतिक अवस्थामा राष्ट्रियताका संवेदनशील मुद्दाहरू बारे आम नागरिकलाई स्पष्ट पार्ने लक्ष्य पनि अभियानको प्राथमिकतामा रहेको अभियानका संयोजक एवं कांग्रेस नेता मनोजमणि आचार्यले बताएका छन् ।
काठमाडौ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल लाई म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले...
काठमाडौं : नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई विशेष अदालतले थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ । विशेष...
काठमाडौं : बझाङको छविसपाथिभेरा गाउँपालिकास्थित बाँठपाली देवता मन्दिर निर्माणमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत...