नेप्सेमा गिरावट, ४ अर्बभन्दा बढीको कारोबार – Naya Bikalpa
July 5, 2026, Sunday      Epaper

नेप्सेमा गिरावट, ४ अर्बभन्दा बढीको कारोबार

काठमाडौँ । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ८.३० अंकले घटेर २६५३.४० विन्दुमा झरेर बन्द भएको छ।

आज ३४५ कम्पनीका ८५ लाख ८४ हजार ४०१ कित्ता शेयर ४ अर्ब ४१ करोड २३ लाख ४० हजार ५३७ रुपैयाँमा कारोबार भएको छ। कारोबारका क्रममा विकास बैंक, फाइनान्स, हाइड्रोपावर, माइक्रोफाइनान्स र ट्रेडिङ समूह बाहेक अन्य सबै क्षेत्रका सूचक घटेका छन्।

आज सानीगाड हाइड्रोको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने स्नो रिभरको शेयर मूल्य १४.९९ प्रतिशतले वृद्धि भएको छ। यता, अपर लोहोरे खोला हाइड्रोको शेयर मूल्य सबैभन्दा धेरै १३.६५ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा एग्रीकल्चरल बन्डको सबैभन्दा बढी ४३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। त्यस्तै, केबीएल डिबेन्चरको ३९ करोड ६४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

सम्बन्धित समाचार

सुनचाँदीको मूल्यमा सामान्य गिरावट
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
  • २०८३ असार १९, १८: २५

काठमाडौँ : स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । गत शुक्रवारको तुलनामा सुन तोलामा रु. ४०० र...

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०८३ असार १९, १८: २५

काठमाडौं : नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...

बागमती सरकारको आ.व. २०८३/०८४ को बजेट पास
बागमती सरकारको आ.व. २०८३/०८४ को बजेट पास
  • २०८३ असार १९, १८: २५

हेटौँडा : बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँको बजेट प्रदेशसभाबाट बहुमतले...