
नयाँ विकल्प,
काठमाडौं – आधिकारिक ट्रेड युनियनको लागि आगामी असोज २४ गते हुने भनिएको निजामती कर्मचारीको निर्वाचन सरकारले रोकिदिएको छ
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले आधिकारिक ट्रेड युनियनको निर्वाचन रोक्ने निर्णय गरेको हो ।
निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचनका लागि प्रमुख निर्वाचन अधिकृतको कार्यालयले कार्यतालिका समेत सार्वजनिक गरेको थियो ।
आधिकारिक ट्रेड युनियनले निर्वाचनका लागि असोज १ देखि निर्वाचन आचारसंहिता लागू भइसकेको थियो भने निर्वाचन कार्यक्रम तय गर्न कानुन र संघीय मामिला मन्त्रालयमा राय माग गरिएको थियो ।
मन्त्रिपरिषदका सदस्यहरु परिवर्तन गर्ने विषयमा सत्तारुढ नेकपा भित्र छलफल भइरहेको र दशैं, तिहार जस्ता चाडबाडको मुखमा आफूप्रति भक्तिभाव देखाउने कर्मचारीलाई मालदार अड्डामा सरुवा गर्नु पर्ने स्वार्थका कारण निर्वाचन नै सरकारले स्थगित गरेको बुझिएको छ ।
कानून र संघीय मामिला दुवै मन्त्रालयबाट कुनै प्रतिक्रिया नआएपछि निर्वाचन कार्यालयले आफैं कार्यक्रम बनाएर सार्वजनिक गरेको थियो । निर्वाचन आचारसंहिता लागू भएपछि मतदाता हुन योग्यता पुगेका कुनै पनि कर्मचारीको सरुवा गर्न पाइँदैन ।
सरुवा गरिसके पनि रवाना गराउन नपाइने नियम छ । ट्रेड युनियन निर्वाचन संचालनका लागि मतदाता नामावली संकलन पनि थालिएको थियो ।
निर्वाचन सम्पन्न नभएसम्मलाई निजामती सेवा ऐन र निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचनसम्बन्धी विनियमावली अनुसार मतदाता हुने कर्मचारीको सरुवा, काज सरुवा लगायतका कार्य नगर्न,नगराउन र सरुवा भइसकेको भए रमाना नगर्न, नगराउन समेत निर्वाचन कार्यालयले पत्रचार गरिसकेको थियो ।
आफू अनूकुलका कर्मचारीलाई चाडबाडकै मुखमा सरुवा गर्नु पर्ने चाहना र तिव्र इच्छाका कारण संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेस त्रिपाठी र कानून, न्याय तथा संसदीय मामिला मन्त्री डा. शीवमाया तुम्वाहाम्फेको दबाबमा मन्त्रिपरिषद्बाटै यस्तो निर्णय भएको हो ।
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत काठमाडौंको नागार्जुन नगर सभापतिमा राजेन्द्र बुढाथोकी विजयी भएका छन्। नागार्जुन नगरको तेस्रो नगर अधिवेशनअन्तर्गत...
काठमाडौं : नेपाली कांग्रेस को १५औँ केन्द्रीय महाधिवेशन अन्तर्गत देशभर पालिका तहका अधिवेशन सुरु भएका छन्। पार्टी केन्द्रीय कार्यसमितिको निर्णयअनुसार...
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबारदेखि आइतबारसम्म देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै बाढी, पहिरो, डुबान...