विश्वकप लिग–२ मा आज नेपाल र नेदरल्याण्डस भिड्दै, दोस्रो खेलमा जितको खोजी – Naya Bikalpa
August 10, 2026, Monday      Epaper

विश्वकप लिग–२ मा आज नेपाल र नेदरल्याण्डस भिड्दै, दोस्रो खेलमा जितको खोजी

काठमाडौँ ।  आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत जारी त्रिदेशीय सिरिजमा नेपालले आज नेदरल्याण्डससँग प्रतिस्पर्धा गर्दैछ।

सिरिजको दोस्रो खेल नेपाली समयअनुसार दिउँसो २:४५ बजे सुरु हुनेछ। पहिलो खेलमा नामिबियासँग पराजित भएको नेपाल आज नेदरल्याण्डसविरुद्ध जित निकाल्दै प्रतियोगितामा पुनरागमन गर्ने लक्ष्यमा हुनेछ। नेदरल्याण्डसको भने यो सिरिजमा पहिलो खेल हो।

नेपाल र नेदरल्याण्डसबीच हालसम्म पाँच एकदिवसीय अन्तर्राष्ट्रिय खेल भएका छन्। तीमध्ये नेदरल्याण्डसले तीन खेल जितेको छ भने नेपालले दुई खेल आफ्नो पक्षमा पारेको छ। पछिल्लो भेट २०२५ जुनमा भएको थियो, जहाँ नेपाल १६ रनले विजयी भएको थियो।

यस सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली नेदरल्याण्डस पठाएको छ। टोलीमा उपकप्तान दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, इशान पाण्डे, आरिफ शेख, गुलशन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने, ललित राजवंशी, भीम सार्की, अर्जुन कुमाल र विनोद भण्डारी रहेका छन्।

लिग–२ अन्तर्गतको यो सिरिज जुलाई ३१ सम्म सञ्चालन हुनेछ। बाँकी खेल तालिकाअनुसार जुलाई २५ मा नेदरल्याण्डस र नामिबिया, जुलाई २७ मा नेपाल र नामिबिया, जुलाई २९ मा नेपाल र नेदरल्याण्डस तथा जुलाई ३१ मा नेदरल्याण्डस र नामिबियाबीच प्रतिस्पर्धा हुनेछ।

हालसम्मको अंक तालिकामा नेदरल्याण्डस २८ खेलबाट ३२ अंकसहित तेस्रो स्थानमा रहेको छ। नेपाल २९ खेलबाट २४ अंकसहित पाँचौं स्थानमा छ भने नामिबिया २९ खेलमा २६ अंक जोड्दै छैटौं स्थानमा रहेको छ।

सम्बन्धित समाचार

एनपिएल कात्तिक ९ गतेदेखि
एनपिएल कात्तिक ९ गतेदेखि
  • २०८३ श्रावण ७, ०७: ५९

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) २०२६ को मिति सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार बेलुका एनपिएलको...

नेदरल्यान्ड्ससँग ५७ रनले पराजित नेपाल, लिग–२ सिरिजका चारै खेलमा हार
नेदरल्यान्ड्ससँग ५७ रनले पराजित नेपाल, लिग–२ सिरिजका चारै खेलमा हार
  • २०८३ श्रावण ७, ०७: ५९

काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत जारी सिरिजको अन्तिम खेलमा नेपाल नेदरल्यान्ड्ससँग ५७ रनले पराजित भएको छ। यस हारसँगै...

विश्वकप लिग–२ मा नेपालको चुनौती आज नेदरल्याण्ड्सविरुद्ध, हारको शृंखला तोड्ने लक्ष्य
विश्वकप लिग–२ मा नेपालको चुनौती आज नेदरल्याण्ड्सविरुद्ध, हारको शृंखला तोड्ने लक्ष्य
  • २०८३ श्रावण ७, ०७: ५९

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत जारी सिरिजमा नेपालले आज नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ। नेपाली समयअनुसार खेल दिउँसो २:४५ बजे सुरु...