
नयाँ विकल्प
काठमाडाैं-काठमाडौंस्थित कालीमाटी र बल्खु तरकारी बजारबाट बरामद गरिएको करिब १२० क्विन्टल प्याज सुपथ मूल्यमा बिक्री गरिने भएकाे छ ।
मंगलबार साँझ वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौं र खाद्य व्यवस्था तथा व्यापार कम्पनीको संयुक्त बैठकले जफत गरिएको प्याज बिक्री गर्ने निर्णय गरेको हाे ।
कम्पनीकोे केन्द्रीय बिक्री केन्द्र थापाथलीबाट प्रतिकिलो ६० रुपैयँमा प्याज बिक्री गरिने कम्पनीले जनाएको छ । एकजना ग्राहकले एक पटकमा तीन किलोसम्म मात्रै प्याज किन्न पाउने छन् । बिक्री मूल्यको ५२ रुपैयाँ सरकारको राजश्व खातामा जाने र ८ रुपैयाँ प्रतिकिलो भने खाद्य व्यवस्था तथा व्यापार कम्पनीको ढुवानी तथा अन्य खर्चवापत राख्ने कम्पाीले जनाएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बिहीबारबाट प्रतिकेजी ६० रूपियामा बिक्री गर्ने जनाएकाे छ । प्याजकाे कृतिम अभाव सिर्जना गरि कालाेबजारी गर्न लुकाएर राखिएकाे ठुलाे परिणामकाे प्याज अनुगमनको क्रममा बरामद गरिएकाे थियाे ।
बरामद गरिएको करिब १२० क्विन्टल प्याज सुपथ मूल्यमा बिक्री गर्ने तयारी अन्तिम अवस्थामा पुगेको कम्पनीले जनाएकाे छ ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...
काठमाडौं : त्रिभुवन विश्वविद्यालयका शीर्ष पदाधिकारीहरूले राजीनामा दिएका छन् । उपकुलपति प्रा. दीपक अर्याल, रेक्टर प्रा. खड्ग केसी र रजिस्ट्रार प्रा. केदारप्रसाद...
काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल तथा स्वास्थ्य संस्थाभित्र हातपात, तोडफोड, तालाबन्दी र अन्य कानूनविपरीत गतिविधि नगर्न अनुरोध गरेको...