
नयाँ विकल्प
काठमाडाैं – काेराेना संक्रमणबाट देशभर पछिल्लाे २४ घन्टाभित्र थप सात जनाको मृत्यु भएको छ । मृतक मध्ये एक महिला र ६ जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार, आज बुधबार मृत्यु हुनेमा काठमाडौंका एक महिला तथा एक पुरुष र बर्दिया, ललितपुर, सिरहा र झापाका एक/एक पुरुष छन् । याेसँगै बुधबारसम्म देशभर कोरोना संक्रमणबाट निधन हुनेको संख्या चार सय ३६ पुगेको छ ।
छिल्लो २४ घण्टामा ११७२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरको प्रयोगशालामा ९हजार ४ सय ५९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
यस्तै १८ सय ९३ जना संक्रमणमुक्त भएका छन् । यससँगै संक्रमणमुक्त हुनेको संख्या ४९ हजार ९५४ पुगेको छ ।
अ हिलेसम्म १७ हजार ४१४ जनामा सक्रिय संक्रमण छ । कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । अहिलेसम्म ४३६ जनाले कोरोनाकै कारण ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकारसम्मेलन गर्दै जानकारी दिएको छ ।
अहिलेसम्म ९ लाख ४४ हजार ४७४ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
आजको तथ्यांक अनुसार १७ हजार ४१४ जना आइसोलेसनमा छन् भने ७ हजार १०४ जना क्वारेन्टिनमा छन् ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...
काठमाडौं : त्रिभुवन विश्वविद्यालयका शीर्ष पदाधिकारीहरूले राजीनामा दिएका छन् । उपकुलपति प्रा. दीपक अर्याल, रेक्टर प्रा. खड्ग केसी र रजिस्ट्रार प्रा. केदारप्रसाद...
काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल तथा स्वास्थ्य संस्थाभित्र हातपात, तोडफोड, तालाबन्दी र अन्य कानूनविपरीत गतिविधि नगर्न अनुरोध गरेको...