भेटेरिनरी अस्पताल सप्तरीका प्रमुख दाससहित दुई जनाविरद्ध भ्रष्टाचार मुद्दा – Naya Bikalpa
August 7, 2026, Friday      Epaper

भेटेरिनरी अस्पताल सप्तरीका प्रमुख दाससहित दुई जनाविरद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगले सप्तरीको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, राजविराजका कार्यालय प्रमुख डा रामपवित्र दाससहित दुई जनालाई घुस लिई भ्रष्टाचार गरेको आरोपमा आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।

कार्यालय प्रमुख दास र हलुका सवारीचालक भोगेन्द्र यादवले भ्याक्सिनेटरहरूबाट सेवा उपलब्ध गराएबापतको पाउनुपर्ने भुक्तानी रकमको २० प्रतिशत कमिसनबापतको घुस माग गरेको सूचना एवं उजुरीको आधारमा आयोगको टोलीले दुवै जनालाई घुसवापतको रु एक लाख ३२ हजार ३५० रकमसहित नियन्त्रणमा लिएको  थियो ।

कार्यालय प्रमुख दासले सवारी चालक यादवसँगको मिलेमतो तथा योजनामा भुक्तानी रकमको कम्तीमा २० प्रतिशत रकम घुस र रिसवत चाहिने भनी बार्गेनिङ गरी/गराई घुस बुझाउनुपर्ने गरी मोलाहिजा एवं बाध्यतामा पारेर घुसबापतको सो रकम लिइरहेको अवस्थामा नियन्त्रणमा लिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए । दुवै जनालाई आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले घुससहित नियन्त्रणमा लिएको थियो ।

आयोगले दुवैजनामाथि भ्रष्टाचार निवारण ऐन, २०५९  को दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगोबमोजिम जरिवाना सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।

सम्बन्धित समाचार

महाङ्काल मन्दिरको चौघेरा सत्तल पुनःनिर्माण सम्पन्न, महानगरद्वारा उद्घाटन
महाङ्काल मन्दिरको चौघेरा सत्तल पुनःनिर्माण सम्पन्न, महानगरद्वारा उद्घाटन
  • २०८३ श्रावण २०, १९: ००

काठमाडौं । काठमाडौं महानगरपालिकाले २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त महाङ्काल मन्दिर परिसरको ऐतिहासिक चौघेरा सत्तलको पुनःनिर्माण सम्पन्न गरेको छ। करिब ८...

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०८३ श्रावण २०, १९: ००

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...

प्रतिनिधिसभाको बैठक बस्दै, चारवटा विधेयक प्रस्तुत गरिँदै
प्रतिनिधिसभाको बैठक बस्दै, चारवटा विधेयक प्रस्तुत गरिँदै
  • २०८३ श्रावण २०, १९: ००

काठमाडौं : प्रतिनिधिसभाको बैठक आज बस्दैछ। अपराह्न १ बजे बस्ने बैठकमा चारवटा विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। बैठकमा राज्य...