
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार कक्षा १२ को मौका (ग्रेडवृद्धि) परीक्षाको नतिजा सार्वजनिक गरेको छ।
बोर्डका अनुसार परीक्षामा सहभागी भएका ७१ हजार ३१० परीक्षार्थीमध्ये ५७ हजार ८९७ जनाले सबै विषयमा ग्रेड प्राप्त गरेका छन्। यो कुल सहभागीको ८१.१९ प्रतिशत हो।
बोर्डले तीन जना परीक्षार्थीको परीक्षाफल रद्द गरिएको जनाएको छ। साथै, प्राविधिक कारणवश नतिजामा कुनै त्रुटि देखिएमा परीक्षा नियन्त्रण कार्यालयमा रहेको मूल अभिलेखका आधारमा सच्याइने पनि बोर्डले स्पष्ट पारेको छ।
विद्यार्थीहरूले आफ्नो नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट, एसएमएस तथा आइभीआर (IVR) सेवामार्फत हेर्न सक्नेछन्।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका परीक्षा साउन २ र ३ गते सञ्चालन गरेको थियो।
काठमाडौं। निजी विद्यालयका चार प्रमुख संगठनले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत प्रस्ताव गरिएको ३ प्रतिशत समता शिक्षा सेवा शुल्क खारेज...
काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन ले मन्त्रालयको काम शून्य अवस्थाबाट सुरु गर्नुपर्ने अवस्था रहेको बताएका छन्।...
काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले उच्च शिक्षा क्षेत्रमा सुशासन, जवाफदेहिता र संस्थागत अनुशासन कायम गर्ने सरकारी अभियानले...