
नयाँ विकल्प
हेटाैडा – मकवानपुरको पश्चिमी क्षेत्र मनहरी गाउँपालिका– ७ मा रहेको एक पार्टी प्यालेसको इनारभित्र मोटर बनाउन पसेका दुईजनाको मृत्यु भएको छ । मनहरी बजारमा रहेको साह पार्टी प्यालेसको इनारभित्र पानी तान्ने मोटर पम्प बिग्रिएपछि बनाउन पसेका दुईजनाको मृत्यु भएको हो ।
इनारभित्र राखिएको मोटर बिग्रिएपछि पार्टी प्यालेस सञ्चालकका ३० वर्षीय छोरा सुरज साह इनारभित्र पसेका थिए । धेरै समयसम्म उनी बाहिर नआएपछि स्थानीय १६ वर्षीय उत्सव नेपाली सुरजलाई उद्धार गर्न भन्दै इनारमा पसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
इनारभित्र दुवैजना बेपत्ता भएपछि डोरीको सहायताले उद्धारको प्रयास गरेका गरिएकाे थियाे । इनारमा निसास्सीएर दुवैजनकाे मृत्यु भएकाे हुनसक्ने प्रारंभिक अनुमान गरिएकाे छ ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...
काठमाडौं । झापाको कचनकबल गाउँपालिका–३ मा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना विद्यार्थी घाइते भएका छन्। विद्यापानी माध्यमिक विद्यालयको...
काठमाडौं : त्रिभुवन विश्वविद्यालयका शीर्ष पदाधिकारीहरूले राजीनामा दिएका छन् । उपकुलपति प्रा. दीपक अर्याल, रेक्टर प्रा. खड्ग केसी र रजिस्ट्रार प्रा. केदारप्रसाद...