
नयाँ विकल्प काठमाडौं – कोरोना संक्रमणका कारण माल्दिभ्समा रोजगारी गुमाएर अलपत्र बनेका काठमाडौं थानकोटका चित्र मैनाली ठुलै भनसुन (सोर्स फोर्स) गरेर नेपाल फर्किए । नेपालमा आफ्नै साथी ट्राभल्स एजेन्सी सञ्चालक नभएको भए सायद मैनाली नेपाल फर्किन पाउने थिएनन् । लामो समय बेरोजगार बनेर बिदेशमा अलपत्र बनेका मैनालीका साथी चितवनका रमेश थापा पनि मैनालीकै साथीको भनसुनमा बल्ल तल्ल हवाई टिकट पाएर नेपाल फर्किए । काठमाडौंका मैनाली र चितवनका थापाले माल्दिभ्सबाट काठमाडौ फकिर्दा ठुलै युद्ध जेतेको महशुस गरे । थापा र मैनाली माल्दिभ्समा होटलमा काम गर्छन, कोरोना संक्रमणको कारण होटल बन्द भएपछि उनीहरु बेसाहरा जस्तै बनेका थिए । नेपालबाट माल्दिभ्सको एकतर्फी हवाईभाडा औषत ३० हजार पर्छ । हिमालय एयरलाईन्सको विमानबाट उद्धारको नाममा नेपाल फर्किएका थापा र मैनालीले एकतर्फीकाे जनही ६० हजार तिरे, त्यो पनि ठुलो सोर्सफोर्सबाट । दोब्बर भाडा तिरेर काठमाडौं उत्रिएका उनीहरुलाई सिसिएमसीले सामान्य होटलमा राख्यो, १४ दिन क्वारेन्टिनमा बस्ने सर्तसहित नेपाल ल्याइएका उनीहरूलाइ एक दिन समान्य होटलमा बसेको मात्र ४ हजार असुलियो । १४ दिनपछि घरमा पुगेका थापा र मैनालीको गुनासो छ हामीलाइ उद्धारको नामामा सरकारले नै गद्धारी गर्यो । दोब्बर पैसा तिरेर हामी नेपाल आउँदा कसरी भयो उद्धार ? मैनाली प्रश्न गर्छन् । काठमाडौं ओर्ले पछि थापा र मैनालीले भोगेको अनुभव पनि आफैमा अनौठो छ । हिमालय एयरलाईन्सको जहाजमा नेपाल आउँदासम्म कुनै कुनै स्वास्थ्य मापडण्ड अपनाईएन, जो जहाँ गएपनि बसेपनि कुनै मतलब नै भएन । तर काठमाडौं ओर्लिएपछि भने यात्रुहरुमाथी गरिएको ब्यावहार उनीहरुलाई अनौठो थियो । जहाजबाट ओर्लेपछि प्रत्येक यात्रुलाई दुई मिटरको दुरीमा राखेर चेकजाँजपछि विमानस्थल बाहिरसम्म ल्याइयो उनीहरुले सम्झे सरकारले राम्रो मापडण्ड बनाएको रहेछ । नेपाली सेनाको टोलीले उनीहरुलाई बसमा राखेर होल्डिङ सेन्टर पुर्याउँदा भने उनीहरुको विश्वास तोडियो , कारण एकछिन पहिले अपनाइएको स्वास्थ्य मापडण्ड मिच्दै बसमा भेडा बाख्रा जस्तै कोचेर होल्डिङ सेन्टरसम्म पुर्याइयो । होटलमा ल्याएर राखियो । नयाँ विकल्पको टिम उनीहरु बसेको सिनामंगलस्थित होटलमा पुग्दा सानो कोठामा दुईजनालाई राखिएको थियो । मैनाली र थापाका अनुसार उक्त कोठाको भाडा दिनको ४ हजार थियो । अन्य समयमा कोठाको बढिमा १ हजार पर्ने कोठाको ४ गुणा बढी मुल्य तिरेर घरमा पुगेका उनीहरुको एउटै गुनासो छ , चारगुणासम्म बढी पैसा तिरेर नेपाल फर्किएका हामीलाई सरकारले किन उद्धार गरेको झुटाे दावी गरीरहेको छ । सरकारले कोरोना संक्रमणका कारण रोजगारीका लागि विभिन्न देशमा पुगेर अलपत्र परेका ७६ हजार ९ सय ७६ नेपाली उद्धार गरेको जनाएको छ । सरकारले आफुहरुलाई उद्धार गरेको भन्दै प्रचार गरिरहेका बेला थापा र मैनालीले साे दाबीलाइ झुटाे सावित गरिदिएका छन् । सरकारले पछिल्लो ६ महिनाको अबधिमा ३२ देशमा रोजगारीकालागि पुगेर अलपत्र बनेका ८० हजार १६ जना सहित १ सय ७५ सव नेपाल ल्याएको थियाे । अलपत्र नेपालीमध्ये सवैभन्दा बढी युएईबाट २२ हजार २ सय १४ जनालाई सरकारले ल्याएको जनाएको छ । नेपाल सरकार कोभिड–१९ क्राईसिस म्यानेजमेन्ट सेन्टरले ( सिसिएमसी ) जारी गरेको विज्ञप्ती अनुसार असाेजज ८ गतेसम्म भएका विभिन्न उडानमा उनीहरुको उद्धार गरिएको जनाएको छ । सिसिएमसीका अनुसार अफगानीस्तानबाट–५०,अस्ट्रेलियाबाट–१ हजार ९१, ओमान –११ सय ५०, कतारबाट–१० हजार ३०६, म्यानमारबाट–२६, कुवेतबाट ८ हजार ३३५ , जापानबाट १ हजार ७५४, थाईल्याण्डबाट–३२६ जना अलपत्र परेका नेपालीलाइ ल्याईएको छ । त्यस्तै दक्षिण कोरियाबाट–१ हजार ४४७, बंगलादेश–८८८,मलेसिया–११ हजार ३२५,माल्दिभ्स–८५३,श्रीलङ्का–५,युएई–२२ हजार २१४, साउदी अरेविया, ११ हजार ८१९,सिंगापुर–५५५, हङकङ–३२५, पाकिस्तान–१११,बहराईन– १ हजार २७४, अमेरीकाबाट–४३० जना नेपालीलाई उद्धार गरिएको जनाएकाे छ सिसिएमसीले वेलायतमा अलपत्र २२९, इजरायल–१२७, चाईना ३३०, टर्की–९३६, फिलिपिन्स–२०१,स्विट्जरल्याण्ड–१०, दक्षिण सुडान–२५०,सेन्टर अफ्रिकन रिपब्लिक–६८ भारत–८५,ईराक–३९, साईप्रस–६४,जोर्डन–३१७ गरि जम्मा ७६ हजार ९ सय ६७ जना अलपत्र नेपालीको उद्धार गरिएको जनाएको छ । |
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...
काठमाडौं । झापाको कचनकबल गाउँपालिका–३ मा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना विद्यार्थी घाइते भएका छन्। विद्यापानी माध्यमिक विद्यालयको...
काठमाडौं : त्रिभुवन विश्वविद्यालयका शीर्ष पदाधिकारीहरूले राजीनामा दिएका छन् । उपकुलपति प्रा. दीपक अर्याल, रेक्टर प्रा. खड्ग केसी र रजिस्ट्रार प्रा. केदारप्रसाद...