लागूऔषध सहित तिन युवा पक्राउ – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

लागूऔषध सहित तिन युवा पक्राउ

नयाँ विकल्प

काठमाडौं- प्रहरीले देशका विभन्न स्थानमा लागूऔषध सहित तिन जनालाइ नियन्त्रणमा लिएकाे छ । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका- ९ महेन्द्रपुल डेरा गरी बस्ने लमजुङ मध्यनेपाल नगरपालिका-८ डढुआ घर भएका २७ वर्षीय सन्तोष परियारलाई नियन्त्रित लागूऔषध बुप्रिनर्फिन ८ एम्पुल, डाईजेपाम ८ एम्पुल, फेनरागन ८ एम्पुल र ट्रामाडोल १ हजार ८ सय ९० क्याप्सुल सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

परियारले अबैध लागूऔषध खरिद तथा संकलन गरी पोखरा नगरक्षेत्रमा ओसारपसार एवं बिक्री गर्न लागेको भन्ने सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले परियारको कोठा तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

 त्यस्तै जिल्ला प्रहरी कार्यालय सुर्खेत भेरीगंगा नगरपालिका-५ कालीदमारबाट  करिब ४ सय २० मिलिग्राम लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो धुलो सहित वीरेन्द्रनगर नगरपालिका-९ लाटिकोइली बस्ने २८ वर्षीय कमल घिमिरेलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले नेपालगंजबाट सुर्खेततर्फ जाँदै गरेको बा.४ ख ३७६५ नम्बरको गाडी जाँच गर्ने क्रममा गाडीमा सवार घिमिरेलाई उक्त परिमाणको धुलो सहित फेला पारी पक्राउ गरेको हो ।

 जिल्ला प्रहरी कार्यालय झापाले मेचीनगर नगरपालिका-१० खयरडाँगी बस्ने १८ वर्षीय किशोरलाई करिब २ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो धुलो सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काकँडभिट्टाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
  • २०७७ आश्विन १२, १४: ३८

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...

झापाको कचनकबलमा विद्यालय बस दुर्घटना: १३ विद्यार्थी घाइते, चालक फरार
झापाको कचनकबलमा विद्यालय बस दुर्घटना: १३ विद्यार्थी घाइते, चालक फरार
  • २०७७ आश्विन १२, १४: ३८

काठमाडौं ।  झापाको कचनकबल गाउँपालिका–३ मा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना विद्यार्थी घाइते भएका छन्। विद्यापानी माध्यमिक विद्यालयको...

त्रिविका उपकुलपति, रेक्टर र रजिस्ट्रारले दिए राजीनामा
त्रिविका उपकुलपति, रेक्टर र रजिस्ट्रारले दिए राजीनामा
  • २०७७ आश्विन १२, १४: ३८

काठमाडौं : त्रिभुवन विश्वविद्यालयका शीर्ष पदाधिकारीहरूले राजीनामा दिएका छन् । उपकुलपति प्रा. दीपक अर्याल, रेक्टर प्रा. खड्ग केसी र रजिस्ट्रार प्रा. केदारप्रसाद...