
नयाँ विकल्प
काठमाडौं- प्रहरीले देशका विभन्न स्थानमा लागूऔषध सहित तिन जनालाइ नियन्त्रणमा लिएकाे छ । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका- ९ महेन्द्रपुल डेरा गरी बस्ने लमजुङ मध्यनेपाल नगरपालिका-८ डढुआ घर भएका २७ वर्षीय सन्तोष परियारलाई नियन्त्रित लागूऔषध बुप्रिनर्फिन ८ एम्पुल, डाईजेपाम ८ एम्पुल, फेनरागन ८ एम्पुल र ट्रामाडोल १ हजार ८ सय ९० क्याप्सुल सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
परियारले अबैध लागूऔषध खरिद तथा संकलन गरी पोखरा नगरक्षेत्रमा ओसारपसार एवं बिक्री गर्न लागेको भन्ने सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले परियारको कोठा तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय सुर्खेत भेरीगंगा नगरपालिका-५ कालीदमारबाट करिब ४ सय २० मिलिग्राम लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो धुलो सहित वीरेन्द्रनगर नगरपालिका-९ लाटिकोइली बस्ने २८ वर्षीय कमल घिमिरेलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले नेपालगंजबाट सुर्खेततर्फ जाँदै गरेको बा.४ ख ३७६५ नम्बरको गाडी जाँच गर्ने क्रममा गाडीमा सवार घिमिरेलाई उक्त परिमाणको धुलो सहित फेला पारी पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय झापाले मेचीनगर नगरपालिका-१० खयरडाँगी बस्ने १८ वर्षीय किशोरलाई करिब २ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो धुलो सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काकँडभिट्टाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...