नेपाली कांग्रेसको १५औं महाधिवेशन : ५१२ पालिकामा अधिवेशन सम्पन्न – Naya Bikalpa
September 23, 2026, Wednesday      Epaper

नेपाली कांग्रेसको १५औं महाधिवेशन : ५१२ पालिकामा अधिवेशन सम्पन्न

काठमाडौं : नेपाली कांग्रेस को १५औँ केन्द्रीय महाधिवेशन अन्तर्गत देशभर पालिका तहका अधिवेशन सुरु भएका छन्। पार्टी केन्द्रीय कार्यसमितिको निर्णयअनुसार असोज १६ देखि १९ गतेसम्म हुने महाधिवेशनको पूर्वतयारीस्वरूप अहिले पालिका अधिवेशन सञ्चालन भइरहेको हो।

निर्धारित कार्यतालिकाअनुसार हालसम्म ५८ जिल्लाका ५१२ पालिकामा उद्घाटन तथा बन्द सत्र सम्पन्न भई निर्वाचन प्रक्रिया अघि बढिसकेको पार्टीले जनाएको छ। बाँकी २४१ पालिकामा भने असोज ८ र ९ गते अधिवेशन जारी रहनेछ।

यसैबीच, जल तथा मौसम विज्ञान विभाग ले असोज ८ देखि १२ गतेसम्म देशका विभिन्न स्थानमा भारी वर्षाको पूर्वानुमान गरेको छ। सम्भावित प्रतिकूल मौसमलाई ध्यानमा राख्दै सम्बन्धित निर्वाचन अधिकृतहरुलाई आवश्यक सतर्कता अपनाई उपयुक्त समय मिलाएर अधिवेशन सञ्चालन गर्न निर्देशन दिइएको छ।

पार्टीले अधिवेशन प्रक्रियालाई व्यवस्थित र सुरक्षित बनाउन सबै सरोकारवालालाई सचेत रहन आग्रह गरेको छ।

May be a doodle of tree and text

सम्बन्धित समाचार

कांग्रेस नागर्जुन सभापतिमा राजेन्द्र बुढाथोकी विजयी
कांग्रेस नागर्जुन सभापतिमा राजेन्द्र बुढाथोकी विजयी
  • २०८३ आश्विन ७, १८: १८

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत काठमाडौंको नागार्जुन नगर सभापतिमा राजेन्द्र बुढाथोकी विजयी भएका छन्। नागार्जुन नगरको तेस्रो नगर अधिवेशनअन्तर्गत...

शुक्रबारदेखि भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह
शुक्रबारदेखि भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह
  • २०८३ आश्विन ७, १८: १८

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबारदेखि आइतबारसम्म देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै बाढी, पहिरो, डुबान...

नागरिक लगानी कोषलाई आन्तरिक बचत परिचालनको आधार बनाइने : अर्थमन्त्री वाग्ले
नागरिक लगानी कोषलाई आन्तरिक बचत परिचालनको आधार बनाइने : अर्थमन्त्री वाग्ले
  • २०८३ आश्विन ७, १८: १८

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषलाई आन्तरिक बचत परिचालन गर्ने महत्वपूर्ण औजारका रूपमा अघि...