
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत काठमाडौंको नागार्जुन नगर सभापतिमा राजेन्द्र बुढाथोकी विजयी भएका छन्।
नागार्जुन नगरको तेस्रो नगर अधिवेशनअन्तर्गत बुधबार भएको निर्वाचनमा बुढाथोकीले १८६ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी अच्चुत प्रसाद पाण्डेले १४३ मत पाएका थिए। अन्य सबै पदहरू भने निर्विरोध चयन भएका छन्।

सहिद प्रद्युम्न खड्का चोकमा आयोजित अधिवेशन उद्घाटन कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य धर्मराज गौतम प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा केन्द्रीय सदस्य प्रमोदहरि गुरागाईं, वाग्मती प्रदेश उपसभापति मोहनबहादुर बस्नेत, प्रदेश सदस्य सविन तामाङलगायतको उपस्थिति रहेको थियो।
त्यसैगरी महासमिति सदस्यहरू किरण गिरी, रीता ढकाल दवाडी, केदार मानन्धर, विभिन्न क्षेत्रका महाधिवेशन प्रतिनिधि, प्रदेश सभापतिहरू, नागार्जुनका १० वटै वडाका नवनिर्वाचित वडा सभापतिहरू तथा निर्वाचन अधिकृत मञ्जरी मल्ललगायतको सहभागिता रहेको थियो।

हाल देशभर नेपाली कांग्रेसले स्थानीय तहको सांगठनिक संरचना सुदृढ गर्ने उद्देश्यसहित पालिका अधिवेशन सञ्चालन गरिरहेको छ।
काठमाडौं : नेपाली कांग्रेस को १५औँ केन्द्रीय महाधिवेशन अन्तर्गत देशभर पालिका तहका अधिवेशन सुरु भएका छन्। पार्टी केन्द्रीय कार्यसमितिको निर्णयअनुसार...
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबारदेखि आइतबारसम्म देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै बाढी, पहिरो, डुबान...
काठमाडौं । कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषलाई आन्तरिक बचत परिचालन गर्ने महत्वपूर्ण औजारका रूपमा अघि...