निर्वाचन अयोगले दलहरुलाई प्रतिनिधिसभा समानुपातिक उम्मेदवारको नामावली पठाउन गरेको पत्रचारको समय आज सकिदै छ । प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएको करिब २ महिना पछि समानुपातिक नतिजा सार्वजानिक गरेको आयोगले आज बेलुका ५ बजेसम्म दलहरुलाई प्राप्त सिटका आधारमा उम्मेदवारको नामावली बुझाउन समयसीमा तोकेको हो ।
नेपालको संविधानको धारा ८४ को उपधारा ८ मा संघीय संसदमा प्रतिनिधित्व गर्ने दलबाट निर्वाचित कूल सदस्य संख्याको कम्तीमा एक तिहाइ सदस्य महिला हुनुपर्ने व्यवस्था छ । प्रत्यक्ष र राष्ट्रियसभा सदस्यहरुबाट त्यो पूरा नभए समानुपातिकबाट पूर्ति गर्नुपर्छ ।
आयोगका अनुसार एमालेले ३७, कांग्रेसले २०, माओवादीले १६, राजपाले ६ र फोरमले ५ महिला प्रतिनिधित्व सुनिश्चित गर्नु पर्नेछ । यसो गर्दा एमालेले ४, कांग्रेसले २०, माओवादी र फोरमले १÷१ पुरुषलाई मात्र समानुपातिक सांसद बनाउन सक्नेछन् । राजपाले भने सबै महिला मात्र पठाउनुपर्नेछ ।
यसरी आजसम्म प्राप्त भएका नामावलीमा प्राथमिकता क्रम र क्लस्टर मिले–नमिलेको परिक्षण गरेर नमिले मिलाउन पुन दुई दिनको समय दिने आयोगले जनाएको छ । दलहरुबाट सच्चिएर आएको सूची रुजु पश्चात आयोगले समानुपातिक तर्फको अन्तिम परिणाम सार्वजनिक गर्नेछ । आयोगले आगामी फागुन २ गतेभित्र सम्पूर्ण निर्वाचनको अन्तिम नतिजा राष्ट्रपति समक्ष बुझाउने तयारी गरेको छ ।
कुन दलले कति सिट ?
गत शुक्रबार निर्वाचन आयोगले सार्वजानिक गरेको नतिजा अनुसार प्रतिनिधिसभाको समानुपातिकमा भाग लिएका ४९ दलमध्ये ५ दलले मात्र सिट प्राप्त गरेका छन् । तीन प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने दलले मात्र समानुपातिक सिट पाउने संवैधानिक व्यवस्था छ । समानुपातिकको ११० सिटमध्य एमालेले ४१, कांग्रेसले ४०, माओवादी केन्द्रले १७, राजपा र फोज्ञज्ञरमले ६÷६ सिट पाएका छन् ।
यसैबीच दलहरुको ध्यान यतिबेला प्रतिनिधिसभाको समानुपातिकतर्फका सांसद टुंगो लगाउन केन्द्रित भएको छ । आयोगले दिएको समयिसीमा आज सकिने भएकाले दलहरु आन्तरिक गृहकार्यमा जुटेका हुन् । दलहरुलाई कानुनमा उल्लेख भएको कल्स्टर अनुसार निर्वाचित गर्नुपर्ने बाध्यता पनि छ ।
जसमा खस आर्य ३१.२ प्रतिशत, आदिवासी जनजाति २८.७ प्रतिशत, थारु ६.६ प्रतिशत, दलित १३.३ प्रतिशत, मधेसी १५.३ प्रतिशत, मुस्लिम ४.४ प्रतिशत र पिछडिएको क्षेत्रबाट ४.३ प्रतिशत हुनुपर्छ ।
एमालेबाट को को छन् ?
एमालेबाट खस आर्यको पहिलो नम्बरमा रहेका मुकुन्द न्यौपाने, आदिवासी जनजातिबाट विजय सुब्बा, थारुबाट मझिलाल थारु, दलितबाट रामप्रित पासवान, मधेसीबाट मोतिलाल दुगड, मुस्लिमबाट समिम मियाँ अन्सारी र पिछडिएको क्षेत्रको पहिलो नम्बरमा मोहन बानियाँमध्ये चारजना मात्र सांसद हुनेछन् । त्यसैरी महिलाबाट आदिवासी जनजातिमा थममाया थापा मगर, डा. शिवमाया तुम्बाहाम्फे, सुजिता शाक्य, रामकुमार झाँक्री, बिना श्रेष्ठ, तुलसी थापा, नविना लामा, शान्तिमाया तामाङ, कुमारी मेचे, बिनादेवी बूढाथोकी मगर, रणकुमारी बलमपाकी मगर चुनिनेछन् । त्यस्तै खस आर्यबाट राधा ज्ञवाली, विन्दा पाण्डे, गोमा देवकोटा, कल्याणीकुमारी खड्का, निरुदेवी पाल, मनकुमारी जिसी, मायादेवी न्यौपाने, विष्णु शर्मा, सरिता न्यौपाने, मेनाकुमारी भण्डारी, तर्था गौतम र शर्मिला कार्की निर्वाचित हुनेछन् ।
त्यस्तै थारु महिलातर्फ पहिलो नम्बरमा रहेकी शान्ता चौधरी र दोस्रो नम्बरमा रहेकी लक्ष्मीकुमार चौधरीले मात्र सांसद बन्ने अवसर पाउनेछन् । दलित कोटाबाट महिलामा निरादेवी जैर, विमला विश्वकर्मा, विमला विक, पार्वतीकुमारी विसुङ्गे र सानु शिवाले सांसद बन्ने अवसर पाउनेछन् । एमालेले मधेसी महिलाबाट जुलीकुमारी महतो, डा. पुष्पाकुमारी कर्ण, सरलाकुमारी यादव, रेखाकुमारी झा, सरिताकुमारी गिरी र सीता यादव निर्वाचित हुनेछन् । यस्तै मुस्लिम महिलाबाट कालिला खान र समिना हुसेन सांसद बन्नेछन् । पिछडिएको क्षेत्रको महिलाबाट आशाकुमारी विक सांसद बन्ने निश्चित छ ।
कांग्रेसबाट सांसदहरु
कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिकको बन्द सूचिअुनसार खस आर्यबाट सुजाता कोइराला, पुष्पा भुषाल गौतम, डिला संग्रौला, मीना पाण्डे, उमा रेग्मी, दीपशिखा शर्मा सांसद बन्नेछन् ।आदिवासी जनजाति महिलाबाट ज्ञानकुमारी छन्त्याल, प्रमिला राई, महेन्द्रकुमारी लिम्बु, हिरा गुरुङ, मीना सुब्बा र सुवर्ण ज्वारचन छनौट हुनेछन् ।
यस्तै, दलित महिलाबाट सुजाता परियार, लक्ष्मी परियार र विमला नेपाली सांसद बन्नेछन् । त्यस्तै, मधेसीबाट सीतादेवी यादव, चित्रलेखा यादव र मिनाक्षी झा सांसद बन्ने निश्चित छ । निर्वाचन आयोगका अनुसार कांग्रेसको थारु वा मुस्लिम कोटामध्ये कुनै एउटा क्लस्टरबाट मात्र प्रतिनिधि चयन गर्न पाउँछ । जसअनुसार थारु कोटाको पहिलो नम्बरमा रहेकी पार्वती डिसी चौधरी वा मुस्लिम कोटाको पहिलो सूचीमा रहनुभएकी सर्वत आरा खानमध्ये एकजनाले सांसद बन्न पाउनेछन् ।
पिछडिएको क्षेत्रबाट हुम्लाकी रंगमती शाही सांसद बन्ने निश्चित छ । कांग्रेसको पुरुषतर्फ खस आर्यबाट बालकृष्ण खाँड, दिलेन्द्रप्रसाद बडु, किशोरसिंह राठैर, सत्यनारायण खनाल, सूर्यबहादुर केसी र मोहनप्रसाद पाण्डे पर्नेछन् । आदिवासी जनजातिबाट बहादुरसिंह लामा, कर्मा घले, उमेश श्रेष्ठ, लालकाजी गुरुङ र जीपछिरिङ लामा छनौट हुनेछन् । कांग्रेसको दलित क्लष्टरबाट मानबहादुर विश्वकर्मा, मीनबहादुर विश्वकर्मा र प्रकाश रसाइली सांसद बन्न सक्नेछन् । त्यस्तै मधेसी कोटाबाट विनोद चौधरी, स्मृतिनारायण चौधरी र नागेन्द्रकुमार राय पर्न सक्नेछन् ।
कांग्रेसको थारु वा मुस्लिम कोटामध्ये कुनै एउटा क्लस्टरबाट मात्र प्रतिनिधि चयन गर्नुपर्ने हुन्छ । जसले गर्दा थारु कोटाको पहिलो नम्बरमा रहेका पद्मनारायण चौधरी वा मुस्लिम समुदायबाट पहिलो नम्बरमा रहेका अतहर कमाल मुसलमानमध्ये एकजना सांसद बन्न पाउनेछन् । पिछडिएको क्षेत्रबाट अछामका रामबहादुर बिष्ट सांसद बन्ने निश्चित छ ।
माओवादीबाट सांसदहरु
मोओवादी महिलाबाट रेखा शर्मा, पूर्णकुमारी सुवेदी, धर्मशिला चापागाईं, सत्या पहाडी र सीता पोखरेल सांसद बन्नेछन् । आदिवासी जनजाति क्लस्टरबाट जयपुरी घर्ती, शशी श्रेष्ठ, ओनसरी घर्तीमगर र यशोदा गुरुङ सांसद बन्ने निश्चित जस्तै छ । त्यस्तै माओवादीले दलित कोटाबाट अञ्जना विसंखे र दुर्गा विक तथा मधेसी समुदायबाट इन्दु शर्मा र बोधमाया यादवलाई छनोट गर्नेछ ।
माओवादीले थारु वा मुस्लिम कोटामध्ये एउटाबाट मात्र सांसद निर्वाचित गर्न पाउने भएको छ । थारु कोटाको पहिलो नम्बरमा रहेकी रामकुमारी चौधरी वा मुस्लिम कोटाको पहिलो नम्बरमा रहेकी चाँदतारा कुमारीमध्ये एकले अवसर पाउनेछन् । माओवादी पठाउने एकजना पुरुषमा खस आर्यबाट हितराज पाण्डे, आदिवासी जनजातिबाट सुनिलकुमार मानन्धर, दलितबाट तिलक परिया, थारुबाट रामजी चौधरी, मधेसीबाट जोगकुमार बरबरिया र मुस्लिमबाट हकी कुल्लाह मुसलमानमध्ये एक पर्नेछन् ।
काठमाडौँ : देशका विश्वविद्यालयहरूले परीक्षाफल सार्वजनिक गरेपछि १५ दिनभित्र विद्यार्थीलाई ट्रान्सक्रिप्ट उपलब्ध गराउने व्यवस्था लागू गर्ने सहमति गरेका छन् ।...
काठमाडौँ : तुर्माखाँद गाउँपालिका-३ भैरवस्थानस्थित बल्दे नजिकै कर्णाली नदीमा बेपत्ता दुई जनाको शव फेला परेको छ । तुर्माखाँद गाउँपालिका-३ का...
काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र अष्ट्रेलियाको प्रतिनिधि सभाका सभामुख मिल्टन डिकबीच शिष्टाचार भेटवार्ता भएको छ । टर्कीको...