कात्तिक देखि पदयात्रा पर्बतारोहण खुला, पीसी आर रिपोर्ट र सात दिन क्वारेन्टाईन अनिवार्य – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

कात्तिक देखि पदयात्रा पर्बतारोहण खुला, पीसी आर रिपोर्ट र सात दिन क्वारेन्टाईन अनिवार्य

नयाँ विकल्प,

काठमाडौ– सरकारले कात्ति १ देखि पदयात्रा र पर्वतारोहण खुला गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पदयात्रा तथा पर्वतारोहणमा आउने पर्यटकले अनअराइभल भिसा पाउने बताएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री योगेश भट्टराईले भने‘ मन्त्रिपरिषदको निर्णय अनुसार सबै सुरक्षा उपाया अबलम्बन गरेर पदयात्रा पर्बतारोहण खुला गरिएको छ’। चैत ११ गते लकडाउन पछि यसलाई पुरै बन्द गरिएको थियो।

कोरोना महामारीपछिको विषम परिस्थितिमा पर्यटन क्षेत्र खुला गर्न पर्यटन मन्त्रालयले पर्वतारोहण तथा पदयात्रामा नेपाल आउने पर्यटकले पालना गर्नुपर्ने शर्तसम्बन्धी मापदण्ड २०७७ स्वीकृत गरेको छ । पर्वतारोहण वा पदयात्राका लागि विदेशबाट आउने पर्यटकले नेपाल आउनु अगावै नेपालको भिसा प्राप्त गरेको हुनुपर्छ ।

तर, सम्बन्धित देशमा नेपालको भिसा उपलब्ध नहुने अवस्था, समूहमा पर्वतारोहण, र पदयात्राका लागि नेपाल आउन चाहने पर्यटक दलले नेपालस्थित ट्राभल वा ट्रेकिङ एजेन्सीको समन्वयमा पूर्वसहमति लिई नेपाल आउन सक्नेछ ।

उनीहरुका लागि अध्यागमन विभागले अनअराइभल भिसा दिनेछ । पूर्वस्वीकृतिका लागि सम्बन्धित एजेन्सीले पेश गरेको पर्वतारोहण गर्ने पर्यटकको लागि पर्यटन विभाग र पदयात्रा गर्ने पर्यटकका लागि नेपाल पर्यटन बोर्डमार्फत अध्यागमन विभागमा सिफारिस गर्नुपर्ने शर्त राखिएको छ ।

नेपाल आउने सबै पर्यटकको बढीमा ७२ घण्टा अगाडिसम्मको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ हुनुपर्ने प्रावधान राखिएको छ । यो प्रमाणपत्र अध्यागमन विभागले भिसा दिने समयमै हेर्नेछ । त्यस्तो रिपोर्ट नेगेटिभ आएपनि उनीहरुले कम्तीमा सात दिन क्वारेन्टिनमा बस्ने गरी नेपालमा होटल बुकिङ अनिवार्य गर्नुपर्छ र त्यसको कागजातसमेत सोही समयमा देखाउनुपर्ने भएको छ ।

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
  • २०७७ आश्विन १३, १६: ०८

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...

झापाको कचनकबलमा विद्यालय बस दुर्घटना: १३ विद्यार्थी घाइते, चालक फरार
झापाको कचनकबलमा विद्यालय बस दुर्घटना: १३ विद्यार्थी घाइते, चालक फरार
  • २०७७ आश्विन १३, १६: ०८

काठमाडौं ।  झापाको कचनकबल गाउँपालिका–३ मा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना विद्यार्थी घाइते भएका छन्। विद्यापानी माध्यमिक विद्यालयको...

त्रिविका उपकुलपति, रेक्टर र रजिस्ट्रारले दिए राजीनामा
त्रिविका उपकुलपति, रेक्टर र रजिस्ट्रारले दिए राजीनामा
  • २०७७ आश्विन १३, १६: ०८

काठमाडौं : त्रिभुवन विश्वविद्यालयका शीर्ष पदाधिकारीहरूले राजीनामा दिएका छन् । उपकुलपति प्रा. दीपक अर्याल, रेक्टर प्रा. खड्ग केसी र रजिस्ट्रार प्रा. केदारप्रसाद...