
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत महिला खुलातर्फ १५ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्। निर्वाचन समितिले दिएको जानकारीअनुसार वासना थापा सर्वाधिक ५ हजार १९३ मत प्राप्त गर्दै पहिलो स्थानमा निर्वाचित भएकी छिन्। महिला खुलातर्फको केन्द्रीय सदस्य पदमा उर्मिला थपलिया ३ हजार ९७० मतसहित दोस्रो स्थानमा रहँदा निमा गिरी ३ हजार ९०६ मत प्राप्त गरी तेस्रो भएकी छन् ।
त्यस्तै कुसुमदेवी थापा ३ हजार २५० मतसहित चौथो र धनाकुमारी खतिवडा ३ हजार २३१ मतसहित पाँचौँ स्थानमा रहेर निर्वाचित भएकी छिन् । निर्वाचित हुने अन्य उम्मेदवारमा विनिता खड्का पनि भए पनि उनीमाथि मुद्धा रहेकाले अहिलेलाई उनलाई निर्वाचन समितिले निर्वाचित गर्नेछैन । उनी आरोपमुक्त भएपछिमात्र उनलाई निर्वाचित घोषित गरिने छ ।

अनिता देवकोटा, रीता सेन ओली, सृजना अधिकारी, मुना भुसाल, गीता सत्याल, कल्पना तिवारी, रीता थापा मगर, गंगा दाहाल र उमा दाहाल छन्। प्राप्त मतपरिणामअनुसार विनिता खड्काले २ हजार ८६६, अनिता देवकोटाले २ हजार ८५३, रीता सेन ओलीले २ हजार ७००, सृजना अधिकारीले २ हजार ६५८ र मुना भुसालले २ हजार ५१४ मत प्राप्त गरेकी छिन्। त्यस्तै, गीता सत्यालले २ हजार ४२०, कल्पना तिवारीले २ हजार ३६३, रीता थापा मगरले २ हजार ३०८, गंगा दाहालले २ हजार २९८ र उमा दाहालले २ हजार २१५ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।
महिला खुलातर्फको १५ सदस्यीय समूहमा निर्वाचित हुनका लागि ३६ उम्मेदवारहरूबीच प्रतिस्पर्धा भएको थियो। नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पार्टीको केन्द्रीय नेतृत्व चयन गर्ने क्रममा पदाधिकारीसँगै विभिन्न समावेशी समूह र खुलातर्फका केन्द्रीय सदस्यहरूको मतगणना गरिएको हो।
काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लीग २ अन्तर्गत ओमानमा जारी त्रिपक्षीय शृंखलाको आफ्नो दोस्रो खेलमा नेपालले ओमानलाई हराएको छ ।...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले दुई अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज वन सम्बन्धी केही नेपाल...
महेन्द्रनगर : कञ्चनपुरको ऐतिहासिक दोधारा चादँनी झोलुङ्गे पुल पुनर्निर्माणका लागि रु २० करोड लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । गत...