कांग्रेस महाधिवेशन मतगणना जारी, २५ समूह बनाएर गणना गरिँदै – Naya Bikalpa
October 13, 2026, Tuesday      Epaper

कांग्रेस महाधिवेशन मतगणना जारी, २५ समूह बनाएर गणना गरिँदै

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भएको निर्वाचनको मतगणना भइरहेको छ ।

कांग्रेस १५औं महाधिवेशन केन्द्रीय निर्वाचन समितिका अनुसार मतगणना व्यवस्थित र पारदर्शी रूपमा भइरहेको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा २५ वटा समूह बनाएर विभिन्न पदको मतगणना एकसाथ अघि बढाएको कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले जानकारी दिए।

दुई क्लस्टरको मतगणना बिहान सकिएको छ भने चार क्लस्टरको मतगणना जारी छ । अरु छ क्लस्टरको गणनाको तयारी भइरहेको उनले बताए। निर्वाचन समितिका अनुसार जनसम्पर्क तर्फबाट दुई महिला र पाँच खुला गरी सात जना केन्द्रीय सदस्यको मतगणना सकिएको छ । त्यस्तै पिछडिएको क्षेत्रतर्फको सहमहामन्त्री र केन्द्रीय सदस्यको पनि गणना पूरा भएको छ ।

यसैगरी, पार्टीभित्र सबै वर्ग, भूगोल र युवा पुस्ताको प्रतिनिधित्व सुनिश्चित गर्ने पदको मतगणना अहिले जारी छ । हाल खुला सहमहामन्त्री, महिला सहमहामन्त्री तथा महिला केन्द्रीय सदस्य पदको मतगणना भइरहेको छ ।

त्यस्तै आदिवासी जनजातितर्फको सहमहामन्त्री र केन्द्रीय सदस्य, भूगोलतर्फ सुदूरपश्चिम प्रदेशको खुला, महिला र ३५ वर्षमुनिका केन्द्रीय सदस्य तथा ३५ वर्षमुनिका खुला केन्द्रीय सदस्य पदको मतगणना पनि तीव्र रूपमा भइरहेको छ । बाँकी रहेका अन्य क्लस्टरको गणना पनि थाल्ने तयारी मिलाइएको निर्वाचन समितिले जनाएको छ ।

यस्तै, दलिततर्फको सहमहामन्त्री, खुला, महिला र मधेसी दलित केन्द्रीय सदस्य, अल्पसङ्ख्यक तथा अपाङ्तातर्फको सहमहामन्त्री र केन्द्रीय सदस्य गर्न बाँकी नै छ ।

मधेसीतर्फको सहमहामन्त्री, खुला र महिला केन्द्रीय सदस्य, खस-आर्यतर्फको सहमहामन्त्री, खुला र महिला केन्द्रीय सदस्य तथा पेसागततर्फको खुला र महिला केन्द्रीय सदस्यको मतगणनाको पनि तयारी भइरहेको कांग्रेसले जनाएको छ ।

सम्बन्धित समाचार

नियामकको स्वीकृतिभन्दा फरक इन्टरनेट प्याकेज बेच्ने १४ सेवा प्रदायकलाई जरिवाना
नियामकको स्वीकृतिभन्दा फरक इन्टरनेट प्याकेज बेच्ने १४ सेवा प्रदायकलाई जरिवाना
  • २०८३ आश्विन २७, १२: २८

काठमाडौं : नेपाल दूरसञ्चार प्राधिकरणले स्वीकृत मापदण्डविपरीत इन्टरनेट सेवा सञ्चालन गरेको भन्दै १४ वटा इन्टरनेट सेवा प्रदायकलाई रु ५० हजारका...

रास्वपाले खगेन्द्र सुनारमाथि छानबिन गर्ने, सार्वजनिक कार्यक्रममा सहभागी हुन रोक
रास्वपाले खगेन्द्र सुनारमाथि छानबिन गर्ने, सार्वजनिक कार्यक्रममा सहभागी हुन रोक
  • २०८३ आश्विन २७, १२: २८

काठमाडौं :  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद खगेन्द्र सुनारमाथि सञ्चारमाध्यममा सार्वजनिक भएका आरोपबारे आन्तरिक छानबिन गर्ने भएको छ ।...

दसैं मनाउन गाउँ फर्किनेको लर्को, २४ घण्टामा उपत्यकाबाट ५६ हजारभन्दा बढी बाहिरिए
दसैं मनाउन गाउँ फर्किनेको लर्को, २४ घण्टामा उपत्यकाबाट ५६ हजारभन्दा बढी बाहिरिए
  • २०८३ आश्विन २७, १२: २८

काठमाडौं : बडादसैं नजिकिएसँगै काठमाडौं उपत्यकाबाट घर फर्किने यात्रुको चाप बढेको छ । दसैं मनाउन अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायका...