
नयाँ विकल्प
काठमाडाैं – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङकाे विदाइसंगै प्राधिकरणमा मुसा आतंक नै सुरू भएकाे छ ।
कतिपय मुसा रूपि माफिया प्राधिकरणमा घुस्नसम्म तयार भैरहेका बेला असली मुसालाइ दाेष लगाएर कतै आफ्नाे दुनाे साेझ्याउन खाेजेका त हैनन, आम मानिसमा यहि प्रश्न यतिवेला उठिरहेकाे छ ।
नक्कली मुसाले प्राधिकरण छिरेर कब्जा गर्न खाेजेपछि के साच्चिकै मुसाले आफ्नाे अस्तित्व खाेज्नु र प्राधिकरणकाे प्यानल नै कब्जा गर्नु कुन नयाँ कुरा भयाे ? यस्ताे ब्याङगात्मक कटाक्ष प्राय आम नेपाली नागरिकमा यतिवेला उब्जीरहकै छ ।
तर बिडम्बना अध्याराे मुलुकलाइ उज्यालाे बनाउने उनै कुलमानकाे विस्तारै गुमनाम बन्दै छन् । निमुखा नागरिकबाहेक अरूले लगभग घिसिङकाे काम र गुन विर्सिसके । यै हाे हाम्राे अर्थात नेपाली नागरिकका विशेषता, त्यै भएर त हामी पछाडि पर्याै ।
कुलमान जस्ता कुशल प्रशासनीक र देशभक्त राजनीतिज्ञ यसैगरि हाे, पछाडि पर्ने । यतिवेला नेपाल विधुत प्राधिकरणमा चाहे त्याे मानवरूपी मुसा हाेस वा साच्चिकैका मुसा अव हामीलाइ त्यसले उज्यालाेमा बस्न दिने छैन् ।
हामी अव फेरी त्यही चार वर्षअघिको अध्याराे युगमा प्रवेश गर्दैछाै । अर्थात कालाे युगमा , नेपाल विद्युत् प्राधिकरणले मर्मत सम्भार गर्न भन्दै ठाउँ-ठाउँमा केही समयका लागि बिजुली काट्ने गरिएको सूचना दिने गरेको छ।
४ बर्षसम्म कतिवटा ट्रान्सफर्मर मर्मत भयाे , कति स्टेसन चेन्ज भए खै विधुत काटिएकाे थिएन , तर कुलमान जाने वित्तिकै काटनु पर्ने कति बलियाे मुसा छिर्याे प्राधिकरणमा ? प्राधिकरणका अनुसार पछिल्लो पटक मङ्गलवार भूमिगत तार फेर्न भन्दै काठमाडाैं बानेश्वर र सिंहदरबार क्षेत्र लगायतका स्थानमा बिहान ७ बजेदेखि ९:३० बजेसम्म विद्युत् आपूर्ति अवरुद्ध भएको थियो।
आइतवार काठमाडाैं लैनचौरस्थित प्राधिकरणको सबस्टेशनको एउटा प्यानल बोर्डभित्र छिरेर मुसाले तार काटिदिएपछि विद्युत् आपूर्ति अवरुद्ध हुन पुगेको समाचारले निकै चर्चा पायो।
कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले त्यसलाई प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङको बहिर्गमनपछि फेरि लोडशेडिङ हुने पूर्वसङ्केत पो हो कि भनेर आशङ्का व्यक्त गरे।
प्राधिकरणका पूर्वकार्यकारी निर्देशक घिसिङले गत भदौ २९ गते प्राधिकरणको चार वर्षे नेतृत्वबाट अवकाश पाएका थिए। केही दिनअघि पनि प्राधिकरणले लोडशेडिङलाई लिएर भइरहेका अड्कलबाजी तथा टीका टिप्पणी बारे एउटा विज्ञप्तिमार्फत् आफ्नो धारणा सार्वजनिक गरेको थियो।
नियमित रूपमा गर्नुपर्ने मर्मतसम्भार तथा प्रणालीमा सुधारको कार्य गर्नुपर्दा विद्युत् आपूर्ति विच्छेद गर्नुपर्ने भएकोले यस्तो अवस्थामा विद्युत् आपूर्तिमा निर्धारित समयसम्म अवरोध हुने भन्दै प्राधिकरणमा विद्युत् आपूर्तिमा आउने अवरोधलाई जोडी अब लोडशेडिङ हुन थाल्यो भन्ने जस्ता अफवाह सुनिने गरेको कुरामा कुनै सत्यता नभएको स्पटीकरण दिएकाे थियाे ।
तर यसलाइ आमनागरिकले कुलमानकाे अवकाश पछि प्राधिकरणमा मुसा प्रवृती छिरेको रूपमा टिप्पणी गरेका छन् ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...
काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...