युवाहरुको दबाबले पनि केन्द्रीय नेतृत्वलाई छोएन

नेपालको राजनीतिक ईतिहासमा लामो संघर्ष र अग्रणी भूमिका निर्वाह गर्दै आएको नेपाली कांग्रेस यतिबेला ओझेलमा परेको छ । स्थानीय तह हुँदै प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा नराम्ररी पछारिएको कांग्रेस हाल अलमलमा परेको देखिन्छ । संघीयताको अभ्यास गरिरहेको अवस्थामा स्पष्ट भिजन लिएर अगुवाई गर्नु पर्ने कांग्रेस चुनावमा पराजय व्यहोरेपछि अलमलमा परेको हो । हारको समिक्षा गरी गल्ति कमजोरीहरुलाई सुधार गर्दै अगाडि बढ्नुपर्नेमा एकअर्कामा दोषारोपन गर्दै आफु चोखिने काममै व्यस्त रहेको छ ।
पार्टी सभापतिलाई केन्द्रिय समितिको बैठक बोलाएर चुनावको समिक्षा गर्न युवा नेताहरुले पटक पटक आग्रह गर्दै आएका छन् । अबको कांग्रेस गतिशील र प्रगतिशील हुनु पर्ने भन्दै युवाहरुले पुराना नेताहरुले युवालाई अब पार्टीको नेतृत्व छाड्दिनु पर्ने बताएका छन् । उनीहरुले राजनीति शुद्धिकरणको थालनी भन्दै सडकमा बटुवाका जुत्ता पोलिस गर्न समेत भ्याए । नातावाद र कृपावादमा नराम्ररी डुबेको नेतृत्वलाई उनीहरुको संकेतिक व्यङ्ग्य मार्पmत सन्देश दिएका हुन् ।
सबै चरणको निर्वाचनमा अनपेक्षित हार व्यहोर्नु परेपछि कांग्रेस भित्र गुट र उपगुटबारे ठूलो छलफल र बहस भएको छ । पार्टी भित्र यति धेरै चर्काे विरोध हुँदा पनि सभापति देउवाले सुने पनि नसुने झैँ गरेको आरोप लागेको छ । बरु युवा समूहमा रहेका एक युवा नेता विश्वप्रकाश शर्मालाई देउवाले प्रवक्ता बनाएर युवा नेताहरुको मागलाई दवाउन खोजको कतिपय कांग्रेसजनको तर्क छ । सात भाई युवा नेता एकजुट भए पार्टी भित्र उथलपुथल हुन सक्ने सम्भावित घट्नलाई मध्यनजर गर्दै शर्मालाई प्रवक्ता बनाएको आरोप देउवालाई लागेको छ । इतिहासमै पहिलो पटक कांगे्रस नराम्ररी पराजय हुँदा समेत देउवाले हारको समिक्षा गर्न केन्द्रीय समितिको बैठक बोलाउन नसकेको भन्दै नैतिकताको प्रश्न समेत उनी माथि सोजिएको छ ।
पार्टी भित्रको ठुलो दबाब पछि बसेको कांग्रेस केन्द्रिय समितिको बैठकमा देउवा आलोचित भए । त्यसपछि उनले राष्ट्रियसभाको चुनावपछि केन्द्रिय समितको बैठक बोलाएर पराजयको समिक्षा गर्ने प्रतिवद्धता जनाएका थिए । गत साता शुक्रबार आकास्मिक भन्दै बसेको कांग्रेस केन्द्रिय समितिको बैठकमा पनि यस विषयले प्रवेश पाएन । केन्द्रदेखि सातै प्रदेशमा प्रायः सरकार बाहिर बस्ने निश्चित जस्तै भएकोले कांग्रेस यता न उता भएको छ । न उसले गल्ति कमजोरीलाई सुधार गर्दै पार्टीलाई सुदृढ र सबल बनाउने तर्फ लागेको छ न प्रतिपक्षमा अब कसरी प्रस्तुत हुने भन्ने विषयमा कुनै तयारी नै गर्न सकेको छ ।
गुट र उपगुटले ग्रस्त कांग्रेसले अहिले सुध्रिने मौका पाएको छ । तर यस अवसरमा कांग्रेसले मौकामा चौका हान्छ की अलमल मै रहन्छ त्यो पर्ख र हेरको अवस्था छ । केन्द्रदेखि स्थानीय तहसम्म निर्वाचनको हारको समिक्षा गरी पार्टीलाई अब सबल र सुदृढ बनाउन नेतृत्व परिवर्तन गर्नु पर्ने माग पनि जोडतोडले उठेको छ । तर यसबारेमा नेतृत्व पक्ष मौन देखिन्छ । गुट र उपगुटले ग्रस्त भएको कांग्रेस चुनावको पराजयको समिक्षा भन्दा पनि एकअर्कामा दोषारोपन गर्न व्यस्त छन् । तर देउवा हारको समिक्ष गर्न भन्दापनि अझ कसरी शक्तिशाली बन्ने र नेतृत्वमै टिकिरहने दाउमा रहेको चर्चा शुरु भएको छ ।
सभापतिको हैसियले पनि चुनावीहरको बढी दोष आफुलाई नै पर्ने डरले पनि उनी हारको समिक्ष गर्न तयार नभएको कतिपयको बुझाई छ ।
पछिल्लो समय देउवासँग असन्तुष्ट हुने नेताहरु पनि बढेका छन् । देउवा निकट मानिने विमलेन्द्र निधि, अर्जुननरसिंह केसी, कृष्ण सिटौला लगायतका नेता उनी प्रति रुष्ट रहेको स्रोतले बताएको छ ।
अझै पनि देउवाले तत्काल चुनावी समिक्षा गरी कसरी अब प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्ने देखिदैन । संबैधानिक जटिलता देखाउँदै उनले सत्ता लम्ब्याएर पार्टीलाई बदनाम गराएको कांग्रेसकै नेताहरु बताउँछन् । प्रजातान्त्रिक पार्टीले जनमत गुमाईसकेपछि प्रजातान्त्रिक शैलीबाट कुर्सि हस्तान्तरण गर्नुपर्नेमा देउवाले त्यसो नगरेको भन्दै सार्वजानिक रुपमै कांग्रेसका नेताहरु बोल्न थालेका छन् ।
प्रदेशसभाको बैठक औपचारीक रुपमा शुरु भईसकेकाले अब छिट्टै प्रदेश सरकार गठन हुँदैछ । केन्द्रदेखि प्रायःसबै प्रदेशमा सत्ता बाहिर रहने निश्चित जस्तै भएको कांग्रेस प्रतिपक्षमा बसेर कसरी सरकारलाई जनउत्तरदायी बनाउने र सरकारलाई अधिनायकवाद बन्नबाट कसरी रोक्ने भन्नेबारेमा कुनै छलफल र निर्णय गर्न सकेको छैन । तीन चरणको चुनावमा नराम्ररी पछारिएको कांग्रेस अब उठेर गल्तिकमजोरीलाई सुधार गर्दै अगाडी बढ्नु पर्ने अवस्था हो ।
प्रतिपक्षको सशक्त भूमिका निर्वाह गर्नु पर्ने कांग्रेस अझै तयारीमा छैन । यदी कांग्रेस सुध्रने हो र पार्टीलाई सशक्त बनाएर अगाडी बढाउने हो भने अहिले पार्टी बलियो बनाउने अवसर हो । यस्तो विषमपरिस्थितिमा पनि चेत नखुल्ने हो भने अब कांग्रेस सुध्रने हैन सिद्धिन बेर छैन । प्रतिपक्षमा रहेर पनि जनहितमा हुने निर्णयमा सरकारलाई दबाद दिदै गुट र उपगुटको राजनीतिलाई त्याग गर्न नेताहरुले सक्ने हो भने अहिलेको हार पञ्चमृत सिद्ध हुने छ । अझैपनि जनताको साथ र सदभाव कांग्रेसलाई कायम रहेको समानुपातिकतर्फको मतले पुष्टि गरेको छ । चुनावमा पार्टी भन्दा पनि व्यक्ति हारेको स्वंय कांग्रेसीहरु बताउँछन् ।
नेपालको राजनीतिक इतिहासमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक सम्म ल्याईपु¥याएको कांग्रेस आफ्नै कारणले पहिलो शक्तिबाट दोस्रोमा खुम्चिनु परेको छ । यो तितो यथार्थलाई बोध गर्दै प्रतिपक्षमा बसेरै भएपनि कांग्रेसले गुण र बैगुणको आधारमा प्रतिपक्षलाई रचनात्मक सहयोग गर्नुपर्छ । त्यसका लागि अबको कांग्रेस कस्तो बन्ने र कसरी अगाडि बड्ने र त्यस्को लागि के तयारी गर्ने भन्नेबारे सोच्न कांग्रेलाई ढिलो हुन लागेको छ । यसबारे बेलैमा सोचेर राष्ट्रियता, स्वाभिमान र जनहितमा हुने काम गराउन सरकारलाई सशक्त दबाद दिएर आफ्नो अस्तित्वलाई स्थापित गर्न सके कांग्रेस पुरानै ठाँउमा पुग्न बेर लाग्ने छैन ।
काठमाडौँ : देशका विश्वविद्यालयहरूले परीक्षाफल सार्वजनिक गरेपछि १५ दिनभित्र विद्यार्थीलाई ट्रान्सक्रिप्ट उपलब्ध गराउने व्यवस्था लागू गर्ने सहमति गरेका छन् ।...
काठमाडौँ : तुर्माखाँद गाउँपालिका-३ भैरवस्थानस्थित बल्दे नजिकै कर्णाली नदीमा बेपत्ता दुई जनाको शव फेला परेको छ । तुर्माखाँद गाउँपालिका-३ का...
काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र अष्ट्रेलियाको प्रतिनिधि सभाका सभामुख मिल्टन डिकबीच शिष्टाचार भेटवार्ता भएको छ । टर्कीको...