लुम्बिनी लायन्स एनपीएलको फाइनलमा, सुदूरपश्चिम ६ विकेटले पराजित – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

लुम्बिनी लायन्स एनपीएलको फाइनलमा, सुदूरपश्चिम ६ विकेटले पराजित

काठमाडौं । लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा स्थान बनाएको छ ।

मंगलबार सम्पन्न पहिलो क्वालिफायरमा सुदूरपश्चिमले दिएको १०६ रनको लक्ष्य लुम्बिनीले १६.४ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो ।

लुम्बिनीको जितमा निरोशन डिकवेलाले अविजित ५९ रनको योगदान दिए । त्यस्तै, कप्तान रोहित पौडेलले २१ रन बनाए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १०५ रन बनाएको थियो ।

सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५२ रन बनाए भने ईशान पाण्डेले २७ रनको योगदान दिए । त्यसबाहेक टोलीका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

लुम्बिनीका लागि शेर मल्ल र रुबेन ट्रम्पेलम्यानले समान २ विकेट लिए । किशोर महतो र अभिषेक गौतमले १–१ विकेट हात पारे ।

यस जितसँगै लुम्बिनी सिधै फाइनलमा प्रवेश गरेको छ । पराजित सुदूरपश्चिमले भने फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा इलिमिनेटरको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

सम्बन्धित समाचार

Retiros y verificación en 55Bet Casino: plazos y límites de 10.000 € al día
  • २०८३ मंसिर २, २०: ३६

diariovivo.es permite retirar hasta 10.000 € diarios y mantiene el chat en vivo abierto antes y después del registro, pero...

Gransino Ongoing Promotions for Regular Players Explained
  • २०८३ मंसिर २, २०: ३६

Regulars at Gransino have more than one way to keep a bonus running: a weekly reload of 50% up to...

स्वयंसेवक परिचालनका लागि ४५ देखि ७५ वर्ष उमेर समूहका नागरिकसँग आवेदन माग
स्वयंसेवक परिचालनका लागि ४५ देखि ७५ वर्ष उमेर समूहका नागरिकसँग आवेदन माग
  • २०८३ मंसिर २, २०: ३६

काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न क्षेत्रमा स्वयंसेवकका रूपमा सेवा गर्न इच्छुक ४५ देखि ७५ वर्ष उमेर समूहका नागरिकसँग आवेदन माग...