निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी


काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी भएको बताएकी छन् ।

एमालेको राष्ट्रिय भेलाको दोस्रो दिन आयोजित बन्दसत्रलाई सम्बोधन गर्दै उनले निराश नभई नयाँ ऊर्जा, उत्साह र आत्मविश्वासका साथ अघि बढ्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेकी हुन् ।

एउटा निर्वाचनमा भएको हारले राजनीतिक आन्दोलनको भविष्य निर्धारण नगर्ने उल्लेख गर्दै भण्डारीले पराजयबाट पाठ सिकेर कमजोरी सुधार्नुपर्ने बताइन् । उनले आगामी स्थानीय तहलगायतका निर्वाचनलाई लक्षित गरी संगठन सुदृढीकरणमा जुट्न कार्यकर्तालाई आह्वान गरिन् ।

उनले भनिन्, ‘एउटा निर्वाचनको हारले राजनीतिक आन्दोलनको भविष्य निर्धारण गर्दैन । निराश भएर निष्क्रिय बस्ने होइन, हारबाट सही पाठ सिक्दै र कमजोरी सच्याउँदै आगामी स्थानीय तहलगायतका निर्वाचनमा केन्द्रित हुनुपर्छ ।’

भण्डारीले पार्टी राजनीतिमा आफ्नो पुनरागमन व्यक्तिगत पद, सुविधा वा अवसरका लागि नभएको स्पष्ट पारिन् । पार्टीको वैचारिक विकास, संगठनात्मक सुदृढीकरण र सामाजिक–आर्थिक रूपान्तरणमा योगदान पुर्‍याउने उद्देश्यले आफू राजनीतिमा सक्रिय भएको उनको भनाइ थियो ।

सम्बन्धित समाचार

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०८३ मंसिर ४, १४: २५

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...

प्रधानमन्त्री शाह र भारतीय राजदूत दलेलाबीच शिष्टाचार भेटवार्ता
प्रधानमन्त्री शाह र भारतीय राजदूत दलेलाबीच शिष्टाचार भेटवार्ता
  • २०८३ मंसिर ४, १४: २५

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार शिष्टाचार...

काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिने सुमना श्रेष्ठको घोषणा
काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिने सुमना श्रेष्ठको घोषणा
  • २०८३ मंसिर ४, १४: २५

काठमाडौं । पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । श्रेष्ठले...