प्रधानमन्त्री शाह ३५ सदस्यीय टोलीसहित भारत भ्रमणमा – Naya Bikalpa
November 22, 2026, Sunday      Epaper

प्रधानमन्त्री शाह ३५ सदस्यीय टोलीसहित भारत भ्रमणमा

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ३५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतको औपचारिक राजकीय भ्रमणका लागि प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री शाहसँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह तथा सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र पनि भारत भ्रमणमा सहभागी भएका छन् ।

भ्रमण टोलीमा मुख्यसचिव गोविन्दबहादुर कार्की, परराष्ट्र सचिव अमृतबहादुर राई, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङ तथा लगानी बोर्ड नेपालकी प्रमुख कार्यकारी अधिकृत याङ्की उक्याबलगायत विभिन्न मन्त्रालय र सरकारी निकायका उच्चपदस्थ अधिकारीहरू रहेका छन् ।

त्यस्तै, प्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीका सचिवालयका कर्मचारी, सञ्चार तथा प्रेस सल्लाहकार, सुरक्षा अधिकारी र शिष्टाचार अधिकृतहरू पनि भ्रमण टोलीमा सहभागी छन् ।

सञ्चारमाध्यमका तर्फबाट गोरखापत्र, राष्ट्रिय समाचार समिति (रासस) र नेपाल टेलिभिजनका प्रतिनिधिहरू टोलीमा समावेश छन् ।

दुईदिने भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतका राष्ट्रपति द्रौपदी मुर्मु र प्रधानमन्त्री नरेन्द्र मोदीसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

भ्रमणका क्रममा नेपाल–भारत द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने, आपसी सहकार्य विस्तार गर्ने, आर्थिक साझेदारी प्रवर्द्धन गर्ने तथा दुवै देशका साझा हितका विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचार

प्रधानमन्त्री शाह भारत पुगे, उच्चस्तरीय भेटवार्ता गर्ने
प्रधानमन्त्री शाह भारत पुगे, उच्चस्तरीय भेटवार्ता गर्ने
  • २०८३ मंसिर ७, १४: २९

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह दुईदिने राजकीय भ्रमणका लागि भारत पुगेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री...

नयाँ दिल्ली पुगे प्रधानमन्त्री शाह, भारतीय राज्यमन्त्रीले गरे स्वागत
नयाँ दिल्ली पुगे प्रधानमन्त्री शाह, भारतीय राज्यमन्त्रीले गरे स्वागत
  • २०८३ मंसिर ७, १४: २९

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह दुईदिने भारत भ्रमणका लागि आज नयाँ दिल्ली आइपुगेका छन् । इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई...

प्रधानमन्त्री शाह भारत प्रस्थान
प्रधानमन्त्री शाह भारत प्रस्थान
  • २०८३ मंसिर ७, १४: २९

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् ।  उनी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा...