रुपन्देहीकाे पूर्व –पश्चिम राजमार्गमा प्रदर्शनकारी प्रहरीमाथि नै चेक जाँच गर्दै – Naya Bikalpa
May 16, 2024, Thursday
प्रदेश ५ काे स्थायी राजधानी विवादः

रुपन्देहीकाे पूर्व –पश्चिम राजमार्गमा प्रदर्शनकारी प्रहरीमाथि नै चेक जाँच गर्दै

महिला प्रहरीकाे स्कुटी राेकेर परिचय पत्र खाेज्दै प्रदर्शनकारी


नयाँ विकल्प,
बुटबल – कानून विपरितका कार्य, अबान्छित क्रियाकलाप वा अशान्ति फैलाउन सक्ने अवस्थामा शान्ति सुरक्षा कायम गर्न समान्यतय नेपाल प्रहरीले सार्वजनिक सडकमा सवारी साधन रोकेरै यात्रु वा सडक प्रयोगकर्ताको चेक जाँच गर्ने गर्छन् ।

तर, प्रदेश नंम्वर ५ को सरकारले प्रदेशको अस्थायी राजधानी बुटबल रहेकोमा स्थायी राजधानी दाङको भालुवाङमा सार्ने निर्णय गर्दै प्रदेश सभामा प्रस्ताव पेश गरेपछि रुपन्देहीमा आन्दोलनकारीहरुले बाटो छेकेर उल्टै सुरक्षाकर्मीको चेक जाँच गरेका छन् ।

प्रदेशको राजधानी दाङमा सार्ने प्रदेश ५ को सरकारको निर्णयका बिरुद्ध विशेष गरी बुटवल उपमहानगरपालिका क्षेत्र र रुपन्देहीका हरेकजसो स्थानमा आन्दोलनकारीले सडक अबरोध गरी सर्वसाधरणलाई आवत जावतमै रोक लगाएका छन् ।

महिला प्रहरीके परिचय पत्र हेरेर फिर्ता दिँदै प्रदर्शनकारी

पूर्व – पिश्चिम राजमार्गकाे रुपन्देहीस्थित देवदह नगरपालिका प्रवेश गर्ने कचहरा पुलमा आइतबार प्रदर्शनकारीहरुले महिला प्रहरी सुरक्षाकर्मी सवार स्कुटर रोकेरै चेक जाँच गरेका छन् ।

हातमा लठ्ठी लिएका युवाहरुले अत्यावश्यक सेवाको लागि यात्रा गरेका र सुरक्षाकर्मीलाई समेत प्रदर्शनकारीले चेक चाँज गरी परिचय पत्र हेरेर मात्र हिँड्न दिएका छन् । आइतबार मध्यान्ह देवदह क्षेत्रमा प्रदर्शनकारीले दुई महिला प्रहरीको परिचय पत्र चेक गरेर मात्र स्कुटर चलाउन बाटो छोडिदिए ।

लाठी बाेकेका प्रदर्शनकारी महिला प्रहरीकाे स्कुटी पुलमाथि राेकेर परिचय पत्र माग्दै

प्रदर्शनकारीहरुले बैंकका कर्मचारीलाई बाटोबाटै फर्काएका छन् भने सरकारी कर्मचारीलाई भाटो उज्याउँदै बाटोबाट फर्काइ दिएका छन् ।

सम्बन्धित समाचार

प्रतिनिधिसभामा कांग्रेसको नारावाजी, एमाले सांसदको प्रतिरोधले तनाव
प्रतिनिधिसभामा कांग्रेसको नारावाजी, एमाले सांसदको प्रतिरोधले तनाव
  • २०७७ आश्विन १९, १३: ०९

  काठमाडौं। प्रतिनिधिसभाको साँझ ६ बजे बसेको बैठकमा गृहमन्त्री रबी लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको माग गर्दै विरोध...

गोतामे गौतम कुल देवता व्यवस्थापन संघको २१ औं साधारण सभा तथा जल भण्डारण ढुंगेधारा गृहको उद्घाटन
गोतामे गौतम कुल देवता व्यवस्थापन संघको २१ औं साधारण सभा तथा जल भण्डारण ढुंगेधारा गृहको उद्घाटन
  • २०७७ आश्विन १९, १३: ०९

काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका वडा नं. ७ स्थित गोतामथोकमा गोतामे गौतम कुल देवता व्यवस्थापन संघको साधारण, सभा तथा संघको...

प्रेस युनियन कोशी प्रदेशद्वारा एक करोड रुपैयाँको अक्षयकोष स्थापना
प्रेस युनियन कोशी प्रदेशद्वारा एक करोड रुपैयाँको अक्षयकोष स्थापना
  • २०७७ आश्विन १९, १३: ०९

  विराटनगर। नेपाल प्रेस युनियन कोशी प्रदेश समितिले एक करोड रुपैयाँको अक्षयकोष स्थापना गर्ने निर्णय गरेको छ। कोशी प्रदेशको पर्यटकीयस्थल...