रुपन्देहीकाे पूर्व –पश्चिम राजमार्गमा प्रदर्शनकारी प्रहरीमाथि नै चेक जाँच गर्दै – Naya Bikalpa
September 7, 2026, Monday      Epaper
प्रदेश ५ काे स्थायी राजधानी विवादः

रुपन्देहीकाे पूर्व –पश्चिम राजमार्गमा प्रदर्शनकारी प्रहरीमाथि नै चेक जाँच गर्दै

महिला प्रहरीकाे स्कुटी राेकेर परिचय पत्र खाेज्दै प्रदर्शनकारी


नयाँ विकल्प,
बुटबल – कानून विपरितका कार्य, अबान्छित क्रियाकलाप वा अशान्ति फैलाउन सक्ने अवस्थामा शान्ति सुरक्षा कायम गर्न समान्यतय नेपाल प्रहरीले सार्वजनिक सडकमा सवारी साधन रोकेरै यात्रु वा सडक प्रयोगकर्ताको चेक जाँच गर्ने गर्छन् ।

तर, प्रदेश नंम्वर ५ को सरकारले प्रदेशको अस्थायी राजधानी बुटबल रहेकोमा स्थायी राजधानी दाङको भालुवाङमा सार्ने निर्णय गर्दै प्रदेश सभामा प्रस्ताव पेश गरेपछि रुपन्देहीमा आन्दोलनकारीहरुले बाटो छेकेर उल्टै सुरक्षाकर्मीको चेक जाँच गरेका छन् ।

प्रदेशको राजधानी दाङमा सार्ने प्रदेश ५ को सरकारको निर्णयका बिरुद्ध विशेष गरी बुटवल उपमहानगरपालिका क्षेत्र र रुपन्देहीका हरेकजसो स्थानमा आन्दोलनकारीले सडक अबरोध गरी सर्वसाधरणलाई आवत जावतमै रोक लगाएका छन् ।

महिला प्रहरीके परिचय पत्र हेरेर फिर्ता दिँदै प्रदर्शनकारी

पूर्व – पिश्चिम राजमार्गकाे रुपन्देहीस्थित देवदह नगरपालिका प्रवेश गर्ने कचहरा पुलमा आइतबार प्रदर्शनकारीहरुले महिला प्रहरी सुरक्षाकर्मी सवार स्कुटर रोकेरै चेक जाँच गरेका छन् ।

हातमा लठ्ठी लिएका युवाहरुले अत्यावश्यक सेवाको लागि यात्रा गरेका र सुरक्षाकर्मीलाई समेत प्रदर्शनकारीले चेक चाँज गरी परिचय पत्र हेरेर मात्र हिँड्न दिएका छन् । आइतबार मध्यान्ह देवदह क्षेत्रमा प्रदर्शनकारीले दुई महिला प्रहरीको परिचय पत्र चेक गरेर मात्र स्कुटर चलाउन बाटो छोडिदिए ।

लाठी बाेकेका प्रदर्शनकारी महिला प्रहरीकाे स्कुटी पुलमाथि राेकेर परिचय पत्र माग्दै

प्रदर्शनकारीहरुले बैंकका कर्मचारीलाई बाटोबाटै फर्काएका छन् भने सरकारी कर्मचारीलाई भाटो उज्याउँदै बाटोबाट फर्काइ दिएका छन् ।

सम्बन्धित समाचार

कांग्रेस कार्यसम्पादनको दुईदिने बैठक बाढीपीडितमा केन्द्रित, सरकारले सञ्चार क्षेत्रमा गरेको विभेदकारी नीति खारेजीको माग
कांग्रेस कार्यसम्पादनको दुईदिने बैठक बाढीपीडितमा केन्द्रित, सरकारले सञ्चार क्षेत्रमा गरेको विभेदकारी नीति खारेजीको माग
  • २०७७ आश्विन १९, १३: ०९

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको दुईदिने बैठक ललितपुरस्थित बी.पी. स्मृति भवनमा सम्पन्न भएको छ । सभापति गगन कुमार...

विचारमा बहस गरौं, नेतृत्वमा प्रतिस्पर्धा गरौं, पार्टी कमजोर नबनाऔं : सहमहामन्त्री संग्रौला
विचारमा बहस गरौं, नेतृत्वमा प्रतिस्पर्धा गरौं, पार्टी कमजोर नबनाऔं : सहमहामन्त्री संग्रौला
  • २०७७ आश्विन १९, १३: ०९

ललितपुर : नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीको १५औँ महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्नुपर्ने बताएकी छिन् । सोमबार बसेको...

एनपिएलको ओटिटी प्रसारणको अधिकार ‘नेट टिभी’लाई, हिमालय स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने
एनपिएलको ओटिटी प्रसारणको अधिकार ‘नेट टिभी’लाई, हिमालय स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने
  • २०७७ आश्विन १९, १३: ०९

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) को प्रसारण अधिकार सम्बन्धी बोलपत्र प्रक्रियाबाट ओटिटी र टेलिभिजन दुवै माध्यम टुंगो लागेको छ...