प्रदेश राजधानी दाङ राख्ने प्रस्तावको कांग्रेस सांसदद्वारा असहमति जनाउँदै अवरोध – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

प्रदेश राजधानी दाङ राख्ने प्रस्तावको कांग्रेस सांसदद्वारा असहमति जनाउँदै अवरोध


नयाँ विकल्प,
बुटबल – प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङमा राख्ने प्रदेश ५ सरकारको प्रस्तावप्रति गम्भीर असहमति जनाउँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित दुई दलले सभामुखको रोष्टम घेरेपछि प्रदेश सभा बैठक स्थगित भएको छ ।

प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ राख्ने र प्रदेशको नाम लुम्विनी राख्ने प्रदेश सरकारको निर्णयसहितको प्रस्ताव प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कुलबहादुर केसीले राखेपछि प्रमुख प्रतिपक्षी दल कांग्रेसले विरोध जनाएको हो ।

प्रस्ताव प्रस्तुत गरेपछि प्रमुख प्रतिपक्षी दलका नेता बीरेन्द्रकुमार कनौडियाले प्रदेशको राजधानी बुटबलबाट दाङ सार्नुको कारण र औचित्य पुष्टि गर्न प्रदेश सरकारलाई चुनौति दिए ।

नेता कनौडियाले दाङमा प्रदेशको राजधानी घोषणा गरेपछि भौतिक संरचना निर्माण गर्न मात्रै अर्बौं बजेट खर्च हुने भन्दै राज्यले त्यत्रो व्ययभार बेहोर्न नसक्ने बताए ।

उनले अन्य कतै नभएर दाङको भालुवाङ नै स्थायी राजधानी प्रस्ताव गनुृको औचित्य र कारण पुष्टि हुन नसकेको भन्दै सभाको कारबाही अघि बढ्न दिएका थिएनन् ।

कांग्रेस संसदीय दलका नेता कनौडियाले बोलिसकेपछि पनि कांग्रेसका सांसदहरुले आ आफ्नो ठाउँबाट उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख पूर्णबहादुर घर्तीले सदनको कारबाही अघि बढाउन खोजेपछि कांग्रेस र जनता समाजवादीका सांसदहरुसमेत रोष्टम घेर्न गएका थिए ।

सरकारले पेश गरेको प्रस्तावको विरुद्ध करिव १० मिनेटसम्म नाराबाजी गरेपछि सभामुख घर्तीले दिउँसो २ बजेसम्मको लागि सदनको बैठक स्थगित गरेका थिए ।

सभामुखको बेल अघि उभिएर प्रतिपक्षी सांसदले राजधानी तोक्ने विषय सांसदहरुको छलफलबाट मात्र गर्नु पर्ने भन्दै विरोधमा उत्रिएका प्रदर्शनकारीको रिहाइ गर्न माग गरेका थिए ।

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
  • २०७७ आश्विन १९, १३: ५६

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन्  । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...

जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
  • २०७७ आश्विन १९, १३: ५६

काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
  • २०७७ आश्विन १९, १३: ५६

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...