

नयाँ विकल्प,
काठमाडौं – कोरोना भाइरस संक्रमण नेपालमा उच्च भएको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच सय ५४ पुगेको छ ।
स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र पछिल्लो २४ घण्टामा १२ र उपत्यकावाहिर ७ सहित १९ जनाको मृत्यु भएको छ ।
यसैगरी नेपालमा पछिल्लो २४ घण्टामा दुई हजार चार सय ४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ८९ हजार दुई सय ६३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्याकामा एक हजार पाँच सय ३१ कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार काठमाडौंमा एक हजार एक सय ७८, ललितपुरमा दुई सय ५० र भक्तपुरमा एक सय तीन जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा चार सय ८४ महिला र छ सय ९४ पुरुष, ललितपुरमा एक सय १४ महिला र एक सय ३६ पुरुष र भक्तपुरमा ४९ महिला र ५४ पुरुष रहेका छन् ।
नेपालमा थप ११३३ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६५२०२ पुगेको छ ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...
काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...