

नयाँ विकल्प,
काठमाडौं – सरकारले संयुक्त राज्य अमेरिकाका पाँच राज्य, इजराइलका दुई शहर, लेवनान, ग्रीस, बेल्जियम, इण्डोनेसिया, इरान र मलेसियामा गरी आठ वटा देशका १३ राज्य वा शहरका व्यक्तिलाई नेपालको लागि अबैतनिक वाणिज्यदूत र महावाणिज्यदूतमा नियुक्त गरेको छ ।
मन्त्रिपरिषद्को गत असोज १९ गते सोमबार बसेको बैठकले १० जनालाई अबैतनिक वाणिज्यदूत र महावाणिज्यदूतमा चार वर्ष कार्यकाल थप्ने निर्णय गरेको छ । दुई जनालाई अवैतनिक वाणिज्यदूतबाट महावाणिज्यदूतमा पदोन्नती गरेको छ । त्यस्तै, एक जनालाई नयाँ नियुक्ति गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्ले संयुक्त राज्य अमेरिकाको ओहायो, इलनोइस र मेरील्याण्डमा, इरानको तेहरानमा रहेका महावाणिज्यदूतहरुको कार्यकाल ४ वर्ष थप गरेको छ भने लेवनानको बेत सहर र ग्रीसको अथेन्समा दुई जनालाई वाणिज्यदूतबाट पदोन्नति गरी ४ वर्षको लागि महावाणिज्यदूतमा नियुक्त गरेको छ ।
अमेरिकाको हवाई र सियाटलमा, इजरायलको बिरसेभा र हाइफा, इण्डोनेसियाको जकर्तामा र मलेसियाको सेलगारमा वाणिज्यदूतmको कार्यकाल चार वर्ष थप गरेको छ भने बेल्जियममा एक जनालाई वाणिज्यदूतमा नियुक्त गरिएको छ ।
सरकारले अवैतिनक वािणयदूत सम्वन्धि (पाँचौ संशोधन) नियमावली, २०३९ बमोजिम अबैतनिक महावाणिज्यदूत भइ कार्यरत इरानको तेहरानका शाहरम शतियाइका, अमेरकाको इलनोइस शहरका मरिभन एटिनका, मेरिल्याण्ड शहरका प्रेमराजा महत र ओहायो शहरका डा. विलयन सी. यासेलको कार्यकाल चार वर्ष थपिएको छ ।
यस्तै, ग्रीसको अथेन्स शहरका अवैतिनक वणिज्यदूत इमानोइल काराभेलाकसक र लेबनानको बेत शहरका अवैतिनक वािणज्यदूत एल शेख मोहमद वासम गोजायलले शंसनीय कार्य गरेकोले उनीहरुलाई अवैतिनक महावणिज्यदूतमा पदोन्नति गरिएको छ ।
सरकारले अवैतनिक वाणिज्यदूतको रुपमा हाल कार्यरत मलेसियाको सेलगार शहरका तेयो वी लेङ, इण्डोनेसियाको जाकर्ताका बली सपु जनो सती, इजरायलको हाइफा शहरका निमरड बगर र बीरसेभा शहरका इयान नीर, अमेरकाको हवाईका मेरी सी यारोल र सियाटल शहरका एसी शेर्पाको कार्यकाल ४ वर्ष थप्ने निर्णय गरेको छ ।
यस्तै, बेल्जियमको याडसेमाइ इडिसेटसयूटीनलाई आगामी चार वषको लािग अवैतिनक नेपाली वािणयदूत पदमा सरकारले नयाँ नियुक्त गरेको हो ।
संयुक्त राज्य अमेरिकाको मेरिल्याण्ड शहरमा अवैतनिक महावाणिज्यदूतमा र सियाटल शहरको अवैतनिक वाणिज्यदूतमा चार वर्षको लागि म्याद थपिएका प्रेमराजा महत र एसी शेर्पा नेपाली मूलका अमेरिकी नागरिक हुन् । महत २० वर्ष अघिसम्म नेपालमा चर्चित लोक गायकको रुपमा स्थापित थिए ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...
काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...