कोरोना संक्रमण हालसम्मकै उच्च– २४ घण्टामा ३४ सय ३९ संक्रमित थपिए, १५ जनाको निधन – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

कोरोना संक्रमण हालसम्मकै उच्च– २४ घण्टामा ३४ सय ३९ संक्रमित थपिए, १५ जनाको निधन


नयाँ विकल्प,
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा हालसम्मकै सबैभन्दा बढी तीन हजार चार सय ३९ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १५ जनाको निधन भएको छ । योसँगै नेपालमा कोरोनाबाट निधन हुनेको सख्या पाँच ७८ पुगेको छ ।

बुधबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ९४ हजार दुई सय ५३ पुगेको छ । काठमाडौं उपत्यकामा मात्र पछिल्लो २४ घण्टामा थप एक हजार छ सय ८४ जना कोरोनाका संक्रमित थपिएका छन् ।

काठमाडौं जिल्लामा मात्र एक हजार दुई सय ९६ जना, ललितपुर जिल्लामा दुई सय ९३ र भक्तपुरमा ९५ जनामा संक्रमित थएिका हुन् ।

पछिल्लो २४ घण्टामा निधन हुने संक्रमितमध्ये ५ जना महिला र १० जना पुरुष रहेका छन । काठमाडौंमा मात्र २ जना महिला र ४ जना पुरुष गरी ६ जनाको निधन भएको हो ।

त्यसैगरी, मोरङमा २ जना पुरुष, सिरहा र रौतहटमा १–१ जना महिला, ललितपुर, चितवन, रुपन्देही, नवलपरासी र दाङमा १–१ जना पुरुषको कोरोना संक्रमणका कारण निधन भएको छ ।

नेपालमा हालसम्म सक्रिय कोरोना संक्रमितको संख्या २५ हजार ७ रहेको छ भने एक हजार एक सय २६ जना कोरोना संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ६८ हजार छ सय ६८ पुगेको छ ।

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
  • २०७७ आश्विन २१, १७: १३

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन्  । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...

जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
  • २०७७ आश्विन २१, १७: १३

काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
  • २०७७ आश्विन २१, १७: १३

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...