कोरोना संक्रमणले दैनिक रेकर्ड ताेड्दै, बिहीबार थपिए ४३ सय ८४ संक्रमित – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

कोरोना संक्रमणले दैनिक रेकर्ड ताेड्दै, बिहीबार थपिए ४३ सय ८४ संक्रमित


नयाँ विकल्प,
काठमाडौं – नेपालमा कोरोना संक्रमणको ग्राफ पछिल्लो हप्तादेखि ह्वात्तै बढेर गएको छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार बिहीबार मात्र नेपालमा चार हजार तीन सय ८४ जना कोरोना भाइरसका संक्रमित थपिएका हुन् ।

यो संख्या २४ घण्टामा संक्रमित थपिएको सबैभन्दा धेरै हो । एक दिनमा देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा यति धेरै संक्रमित थपिएपछि हालसम्म संक्रमितको कुल संख्या ९८ हजार छ सय ३७ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभर १८ हजार ४ सय ७३ जनाको पिसिआर परीक्षण गरिएको थियो । नेपालमा हालसम्म सक्रिय कोरोना संक्रमितको संख्या पनि २६ हजार छ सय ८४ पुगेको छ ।

काठमाडौं उपत्यकामा २५ सय ४० थपिए

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै संक्रमण काठमाडौ उपत्यकामा देखिएको छ । जसअनुसार काठमाडौं जिल्लामा दुई हजार ८५ जना, ललितपुर जिल्लामा तीन सय २० र भक्तपुर जिल्लामा एक सय ३५ जना गरी दुई हजार पाँच सय ४० जना संक्रमित थपिएका हुन् ।

यसअघि बुधबार काठमाडौंमा १२९६, ललितपुरमा २९३ र भक्तपुरमा ९५ जना गरी जम्मा १,६८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

पछिल्लो २४ घण्टामा दुई हजार छ सय ७५ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ७१ हजार तीन सय ४३ पुगेको छ ।

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
  • २०७७ आश्विन २२, १६: ५५

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन्  । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...

जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
  • २०७७ आश्विन २२, १६: ५५

काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
  • २०७७ आश्विन २२, १६: ५५

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...