
नयाँ विकल्प,
काठमाडौं – नेपालका कोरोना भाइरसबाट संक्रमित हुनेको सख्या एक लाख नाघेको छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा दुई हजार ५९ जनामा कोरोना पुष्टि भएसँगै नेपालमा संक्रमितको सख्या एक लाख छ सय ७६ पुगेको हो ।
शुक्रबार देशभर १३ हजार आठ सय ७९ जनाको पिसिआर परीक्षण गरिएको थियो । बिहीबार मात्र नेपालमा चार हजार तीन सय ८४ जना संक्रमित थपिँदा संक्रमितको सख्या ९८ हजार छ सय ३७ पुगेको थियो ।
यस्तै, यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट १० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सख्या छ सय पुगेको छ । मन्त्रालयका अनुसार कोरोना संक्रमणपछि उपचार गराई निको हुनेको सख्या पनि ७३ हाजार २३ पुगेको छ ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...
काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...