काठमाडौं १, फाल्गुन ।
प्रधानमन्त्री शेरबहादुर देउवाले जनकपुरस्थित राजर्षि जनक विश्वविद्यालयलाई तत्काल १० वर्षे मार्गचित्र तयार परी अघि बढन निर्देशन दिएका छन् । विश्वविद्यालयका कूलपति समेत रहेका प्रधानमन्त्री देउवाले मुलुकको आवश्यक्ता र अन्तर्रा्ष्ट्रिय मागको आधारमा शैक्षिक कार्यक्रम संचालन गर्न पनि विश्वविद्यालयलाई सचेत गराएका छन् ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित विश्वविद्यालयको प्रथम सभालाई सम्बोधन गर्दै उनले सरकारले उच्च शिक्षाको विकासलाई विशेष प्राथमिकता दिएको पनि स्मरण गराए । प्रधानमन्त्री देउवाले उच्च शिक्षामा सुधारका संकेतहरु देखिएको उल्लेख गर्दै त्यसलाई दिगो बनाईराख्न पनि विश्वविद्यालयहरु सक्रीय हुनुपर्नेमा पनि जोड दिए ।
सभाले विश्वविद्यालयको बजेट, आवश्यक जनशक्तिलगायतका ६० वटा प्रस्ताव पारित गरेको छ । विश्वविद्यालयले प्रस्ताव गरेको ५ करोड बजेट बैठकले पारित गरेको विश्वविद्यालयका उपकूलपति प्राध्यापक भरत झाले जानकारी दिए ।
त्यसैगरी विश्वविद्यालय संचालनका लागि आवश्यक जनशक्ति व्यवस्थापन गर्र्ने प्रस्ताव पनि स्वीकृत गरिएको छ । सभाले हाल त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसका रुपमा सञ्चालित सिराहास्थित सुर्यनारायण,सत्यनारायण बहुमुखी क्याम्पस र राजविराजस्थित महेन्द्र विन्देश्वरी क्याम्पसलाई पनि राजर्षी जनक विश्वविद्यालयको आंगिक क्याम्पसको रुपमा रहने प्रस्ताव पनि पारित गरेको छ ।
त्यसैगरी, विश्वविद्यालयको केन्द्रीय कार्यालय जनकपुरको मुजेलियास्थित सडक डिभिजन कार्यालय र ग्रामीण विकास प्रशिक्षण केन्द्रको कार्यालय भवनहरुमा स्थायी रुपमा सञ्चालन गर्नका लागि सम्बन्धित निकायहरुसँग माग गर्ने प्रस्ताव पनि पारित गरिएको छ ।
काठमाडौँ : देशका विश्वविद्यालयहरूले परीक्षाफल सार्वजनिक गरेपछि १५ दिनभित्र विद्यार्थीलाई ट्रान्सक्रिप्ट उपलब्ध गराउने व्यवस्था लागू गर्ने सहमति गरेका छन् ।...
काठमाडौँ : तुर्माखाँद गाउँपालिका-३ भैरवस्थानस्थित बल्दे नजिकै कर्णाली नदीमा बेपत्ता दुई जनाको शव फेला परेको छ । तुर्माखाँद गाउँपालिका-३ का...
काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र अष्ट्रेलियाको प्रतिनिधि सभाका सभामुख मिल्टन डिकबीच शिष्टाचार भेटवार्ता भएको छ । टर्कीको...