‘तिम्रो प्यारमा छुु’ भन्दै रोमान्टिक मुडमा प्रस्तुत भइन निलम – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

‘तिम्रो प्यारमा छुु’ भन्दै रोमान्टिक मुडमा प्रस्तुत भइन निलम


नया विकल्प

काठमाडौं – नायक आकाश श्रेष्ठ र मोडल निलम चन्द ‘तिम्रो प्यारमा छु’ बोलको गीतको म्युजिक भिडियोमा रोमान्टिक र प्रेमिल मुडमा प्रस्तुत भएका छन् ।

नेपालीहरुको नजिकिदै गरेको महान चाड बिजया दशमी र दिपावलीलाई लक्षित गरेर गीत संगीत बजारमा आउन थालिरहेको अवस्थामा प्रेमिल शैलीको ‘तिम्रो प्यारमा छु’ गीतमा गायक जगदीश समाल र अस्मिता अधिकारीले आवाज दिएका छन् ।

गोदावारीमा छायांकन गरिएको भिडियोमा नायक श्रेष्ठ र मोडल चन्दको प्रेम र रोमान्सलाई सुन्दर तरिकालाई प्रस्तुत गरिएको छ ।

नारायण सुवेदी ‘आभाष’ले संगीतवद्द गरेको यस गीतलाई उदयराज पौडेलले संगीत संयोजन गरेका हुन् । भिडियो बुद्ध थापाले छायांकन गरेका हुन भने विकाश धमलाको सम्पादन रहेको छ । निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो ।

ओएस आर डिजिटल मार्फत सार्वजनिक भिडियोले दर्शक स्रोताको मन जित्दै सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ । संयुक्त राज्य अमेरिकामा बस्दै आएका जगदीश समाल नेपाली संगीत क्षेत्रका लोकप्रीय गायक हुन् ।

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
  • २०७७ आश्विन २७, १३: ३६

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन्  । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...

जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
  • २०७७ आश्विन २७, १३: ३६

काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
  • २०७७ आश्विन २७, १३: ३६

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...