
नयाँ विकल्प,
काठमाडौं – उदयपुर जिल्लाको कटारी नगरपालिका–१४ स्थित सिद्धिचरण राजमार्गको भदौरेमा स्कारपियो जीप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
मृत्यु हुनेमा ओखलढुंगा मानेभञ्ज्याङ–९ माधवपुरका ४६ बर्षे रामबहादुर सार्की, ४० बर्षे खड्गबहादुर सार्की, ३५ बर्षीया नरिमाया सार्की र २७ बर्षे कर्मे भन्ने कर्णबहादुर सार्की तथा कटारी नगरपालिका ८ शिरिसेका ३० बर्षे महेशबहादुर बिक रहेका छन् ।
भैरहवाबाट ओखलढुंगातर्फ आउँदै गरेको बा २० च ७१७१ नम्बरको स्कारपियो शनिबार राती १ बजे भदौरेस्थित सिद्धिचरण राजमार्गमा आई पुक्दा एक्कासी ब्रेक फेल भई सडकबाट अन्दाजी ९ सय मिटर तल खस्दा सवारीका ५ यात्रुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
स्कारपियो चालक रुपन्देहीका २८ बर्षे पवन खड्का, स्कारपियोमै सवार मानेभञ्ज्याङकै १८ बर्षीया कल्पना सार्की र ३१ बर्षे कुमारी सार्की घाईते भएपछि चालक खड्का र कल्पनालाई थप उपचारको लागी बिराटनगर तर्फ पठाईएको र कुमारी सार्कीको कटारी अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...
काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...