उपत्यकामा १ हजार ७०२ सहित देशभर तीन हजार ९३ जना कोरोनाका संक्रमित थपिए – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

उपत्यकामा १ हजार ७०२ सहित देशभर तीन हजार ९३ जना कोरोनाका संक्रमित थपिए


नयाँ विकल्प,

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप तीन हजार ९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३९ हजार एक सय २९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मंगलबार नियमित प्रेस ब्रिफिङमा भने ‘हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ४१ हजार सात सय ५५ पुगको ।’

पछिल्लो २४ घण्टामा थप दुई हजार एक सय आठ जना कोरोनाका संक्रमित संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ९६ हजार छ सय नौ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ८ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । तिमध्ये सात जनाको विराटनगर महानगरपालिकास्थित विभिन्न अस्पातालमा उपचारका क्रममा निधन भएको थियो । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या सात सय ६५ पुगेको छ ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप एक हजार सात सय दुई दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा एक हजार चार सय ३१, भक्तपुरमा एक सय ४८ र ललितपुर जिल्लामा एक सय २३ गरी जम्मा एक हजार सात सय दुई जना संक्रमित थपिएका छन् ।

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
  • २०७७ कार्तिक ४, १७: १४

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन्  । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...

जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
  • २०७७ कार्तिक ४, १७: १४

काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
  • २०७७ कार्तिक ४, १७: १४

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...