
नयाँ विकल्प,
काठमाडौं – मुलुकमा दिन दुई गुणा रात चौगुणा महिला माथि हुने हिंसा र बलात्कारका घटना बढी रहेको बेला स्वतस्फूर्त महिलाहरु राजधानीका सडकमा शान्तिपूर्ण प्रदर्शनमा उत्रन थालेका छन् ।
गत वर्ष असारमा कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना सेलाउन नपाउँदै बझाङमा सम्झना बिकको पनि बलात्कार पछि हत्या भएको घटनालाई लिएर देशव्यापी खबरदारी चलिरहेका छन् ।

महिला सिंहा र बलात्कारका घटनालाई नियन्त्रण गर्न र दोषीलाई कडाभन्दा कडा कारबाहीको माग गर्दै महिला अधिकारबादी र महिलाहरुले हालै माइतीघर मण्डलमा प्रदर्शन गरेका छन् ।
उनीहरुले महिला हिंसा अन्त्य गर, हिँजो निर्मला …आज सम्झना… भोली ??? भन्ने नाराका साथ प्रदर्शनमा उत्रिएका छन् । सरकार बलात्कारका घटना नियन्त्रणको लागि कहिलेसम्म चुप बस्ने भनेर प्रश्न पनि गरेका छन् । महिलाहरूले बलात्कारबाट हत्या गरिएका चेलीकाे सम्झनामा मैन बत्ती बालेका छन् ।

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...
काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...