दार्चुलामा कोरोना संक्रमण समुदायमा फैलिएपछि सेना परिचालन – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

दार्चुलामा कोरोना संक्रमण समुदायमा फैलिएपछि सेना परिचालन


नयाँ विकल्प,

काठमाडौं – दार्चुलाको सदरमुकाम खङ्लगामा समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएपछि बजार बन्द गराई सर्वसाधरणको भिँडभाँड रोक्न नेपाली सेना परिचालन गरिएको छ । बजारमा पसल बन्द गर्न स्थानीय व्यापारीले नमानेपछि नेपाल प्रहरीसँगै सेना परिचालन गरिएको हो ।

महाकाली नगरपालिकाको वडा नं ४ र ५ को बजार सिल गर्दा समेत स्थानीय व्यापारीले कानूनको आदेश पालना नगरेपछि प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको सुरक्षा समितिले सेनासमेत बजारमा खटाएको हो ।

प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले अहिले नेपाल प्रहरी र नेपाली सेनाले बजारमा रहेका पसल बन्द गराउने काम गरेको जनाएका छन् । मंगलबार प्रमुख जिल्ला अधिकारी पोखरेल, सुरक्षा अधिकारीहरुले बजार क्षेत्रको अनुगमन गरेका थिए ।

महाकाली नगरपालिकामा कोरोनाको सङ्क्रमण फैलिरहेका बेला बजार क्षेत्र निर्वाधरूपमा खुला हुँदा झन जोखिम बढ्ने देखिएपछि कडाई गरिएको बताइएको छ । बुधबार मात्र महाकाली नगरपालिकाका ५० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ भने जिल्लामा कोरोना सङ्क्रमितको संख्या दुई सय ५० नाघेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्र्वाटरमा ६३ जनामा कोरोना देखिएपछि गण सिल गरिएपछि सशस्त्रको गस्ती बन्द गरिएको छ । नगरपालिकाको मोहती क्षेत्र, बङ्गाबगडलगायतका क्षेत्रमा कोरोना दर बढ्दै गइरहेको छ ।

दार्चुलाको दुहु गाउँपालिकामा एक पुरुषको कोरोनाका कारण मंगलबार मृत्यु भएको थियो । धनगढीमा उपचार गराउँदै आएका नेपाल प्रहरीका पूर्वकर्मचारीसमेत रहेका ती पुरुषको कोरोनाका कारण ज्यान गएको हो । जिल्ला प्रशासन कार्यालयले दुहुको वडा नं २ हिकिला क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

दशैँ, तिहारका कारण बजार क्षेत्रमा भीडभाड भने यथावत छ। बैंक, वित्तीय संस्था र कार्यालय खुला रहेका कारण बजारमा भीड बढेको हो । भारतबाट पेन्सन बुझ्ने व्यक्तिका कारण अहिले बजारमा भीड बढेको छ ।

पेन्सन बुझ्नेहरुका लागि तीन दिन नेपाल–भारत जोड्ने झोलुङ्गे पुल खुला गरिएको छ । अहिले धनगढी, काठमाडौँ र भारतका विभिन्न शहरबाट आउने व्यक्ति क्वारेन्टिन नबसी सिधैँ गाउँ पठाइँदा गाउँमा समेत सङ्क्रमणको जोखिम बढेको गुनासो स्थानीय तहका जनप्रतिनिधिले गर्न थालेका छन् ।

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
  • २०७७ कार्तिक ५, १६: ०७

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन्  । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...

जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
  • २०७७ कार्तिक ५, १६: ०७

काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
  • २०७७ कार्तिक ५, १६: ०७

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...