
नयाँ विकल्प,
काठमाडाैं-कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका पदाधिकारी र चिकित्सकलाई कोरोना संक्रमण भएको छ । प्रतिष्ठानका पदाधिकारी रजिष्ट्रार विश्वराज काफ्ले, शिक्षाध्यक्ष डा. निरेश थापालाई कोरोना संक्रमण भएको हो ।
त्यसैगरी प्रतिष्ठानका विशेषज्ञ चिकित्सकहरु सुर्यमान लिम्बु, धिरेन्द्र काफ्ले, अनुप मंगल समाललाई कोरोना संक्रमण देखिएको हो । संक्रमणको लक्षण देखिएपछि बिहीबार प्रतिष्ठानकै ल्यावमा कोरोना परीक्षण गर्दा पुष्टि भएको हो ।
उनिहरूलाइ दुईदिन अघिदेखि ज्वरो आउने र शरिर दुख्ने भएपछि बिहीबार पिसिआर परीक्षण गर्दा कोरोना रिपोर्ट पोजेटिभ आएको हो । उनले कोभिडबाट बच्न सकेसम्म सजगता अपनाउँदा अपनाउँदै पनि संक्रमण देखिन पुगेकोर रजिष्ट्रार काफ्लेले बताए ।
याे संगै जुम्लामा सक्रिय संक्रमितको संख्या ४४ पुगेको छ । यससँगै अहिलेसम्म संक्रमित हुनेको संख्या तीन सय ३७ पुगेको छ । उनीहरूमध्ये दुई सय ९३ जना निको भएका छन् ।
सक्रिय संक्रमितमध्ये चारजना संस्थागत आइसोलेसनमा र ४० जना होम आइसोलेसनमा राखिएकाे छ ।
लकडाउन भएयता भारतबाट एक हजार एक सय ७२ जना तथा मलेसिया, कतारलगायतका तेस्रो मुलुकबाट ३२ जना आएका छन ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...
काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...