कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी र चिकित्सकलाई कोरोना संक्रमण – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी र चिकित्सकलाई कोरोना संक्रमण


नयाँ विकल्प,


काठमाडाैं-कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका पदाधिकारी र चिकित्सकलाई कोरोना संक्रमण भएको छ । प्रतिष्ठानका पदाधिकारी रजिष्ट्रार विश्वराज काफ्ले, शिक्षाध्यक्ष डा. निरेश थापालाई कोरोना संक्रमण भएको हो ।

त्यसैगरी प्रतिष्ठानका विशेषज्ञ चिकित्सकहरु सुर्यमान लिम्बु, धिरेन्द्र काफ्ले, अनुप मंगल समाललाई कोरोना संक्रमण देखिएको हो । संक्रमणको लक्षण देखिएपछि बिहीबार प्रतिष्ठानकै ल्यावमा कोरोना परीक्षण गर्दा पुष्टि भएको हो ।

उनिहरूलाइ दुईदिन अघिदेखि ज्वरो आउने र शरिर दुख्ने भएपछि बिहीबार पिसिआर परीक्षण गर्दा कोरोना रिपोर्ट पोजेटिभ आएको हो । उनले कोभिडबाट बच्न सकेसम्म सजगता अपनाउँदा अपनाउँदै पनि संक्रमण देखिन पुगेकोर रजिष्ट्रार काफ्लेले बताए ।

याे संगै जुम्लामा सक्रिय संक्रमितको संख्या ४४ पुगेको छ । यससँगै अहिलेसम्म संक्रमित हुनेको संख्या तीन सय ३७ पुगेको छ । उनीहरूमध्ये दुई सय ९३ जना निको भएका छन् ।
सक्रिय संक्रमितमध्ये चारजना संस्थागत आइसोलेसनमा र ४० जना होम आइसोलेसनमा राखिएकाे छ  ।

लकडाउन भएयता भारतबाट एक हजार एक सय ७२ जना तथा मलेसिया, कतारलगायतका तेस्रो मुलुकबाट ३२ जना आएका छन ।

सम्बन्धित समाचार

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०७७ कार्तिक १४, १३: ०८

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०७७ कार्तिक १४, १३: ०८

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०७७ कार्तिक १४, १३: ०८

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...