मधेशी नेताले जनतालाई ढाँटे ! – Naya Bikalpa
April 19, 2026, Sunday      Epaper

मधेशी नेताले जनतालाई ढाँटे !

सरकार विरुद्धको आन्दोलनमा सहभागि हुनेलाई मधेस सरकार गठन पछि ५० लाख दिने मधेशवादी नेताहरुले घोषणा गरेका थिए ।

संविधानप्रति असन्तुष्ट जनाउँदै मधेसवादी दलका नेताहरुले आन्दोलनमा आउनेलाई ५० लाख दिने भनेर हौसाएका थिए । त्यसबेला यसबारेमा चौतर्फी आलोचना भएपछि उनीहरुले तत्काल नभई मधेश सरकार गठन भएपछि मृतकलाई प्रतिव्यक्ति ५० लाख दिने बताएका थिए ।

२०७० सालमा तेस्रो मधेश आन्दोलन शुरु गर्दा तत्कालिन मधेशी मोर्चाले आन्दोलनमा लागेपछि शहादत दिने परिवारलाई पचास–पचास लाख रुपियाँ दिने घोषणा गरेको थियो ।

२०७४ मा भएको प्रदेश तथा प्रतिनिधिसभा चुनावको समयमा राष्ट्रिय जनता पार्टीले नेपालले मधेश सरकार गठन हुने बित्तिकै प्रत्येक सहिद परिवारलाई पचास–पचास लाख रुपियाँ दिने प्रतिबद्धता जनाएका थिए । मधेशी नेताहरुको घोषण लगतै शुरु भएको मधेश आन्दोलनमा दर्जनौको ज्यान गएको थियो ।  चुनावपछि २ नम्बर प्रदेशमा मधेशवादी दलले स्पष्ट बहुमत प्राप्त गरे । र अहिले संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालको गठबन्धनको सरकार गठन भएको छ ।

सरकार गठन भएपश्चात उनीहरुले विगतका घोषण बारे केही पनि निर्णय गरेनन् । प्रदेश सरकारको पहिलो बैठकले मधेश आन्दोलनमा सहिद भएका परिवारमध्ये एकजनालाई रोजगार दिने निर्णय मात्र गरेको छ । घाइतेको उपचारका साथै प्रदेशमा उपलब्ध हुने स्वास्थ्य, शिक्षा लगायतका सुविधा दिन सहिद तथा घाइते परिवारलाई उपचार खर्च दिने निर्णय पनि भएको छ । सरकारमा हुँदा एउटा कुरा र सरकार बाहिर हुँदा अर्काे कुरा गर्दै आएका मेधशी दलहरुको प्रदेश सरकार निर्माणसँगै ५० लाख माग्नेहरुले मधेशमा के गर्लान् त्यो हेर्न बाँकी छ ।

सम्बन्धित समाचार

सरकारी कर्मचारीलाई अब १५–१५ दिनमै तलब
सरकारी कर्मचारीलाई अब १५–१५ दिनमै तलब
  • २०७४ फाल्गुन ७, ०६: ०३

काठमाडौं : सरकारले सरकारी कर्मचारीहरूको तलबभत्ता भुक्तानी प्रणालीमा महत्वपूर्ण परिवर्तन गर्दै अब अर्धमासिक रूपमा रकम उपलब्ध गराउने निर्णय गरेको छ ।...

नतिजा सार्वजनिक भएको दुई साताभित्रै ट्रान्सक्रिप्ट उपलब्ध गराइने
नतिजा सार्वजनिक भएको दुई साताभित्रै ट्रान्सक्रिप्ट उपलब्ध गराइने
  • २०७४ फाल्गुन ७, ०६: ०३

काठमाडौँ : देशका विश्वविद्यालयहरूले परीक्षाफल सार्वजनिक गरेपछि १५ दिनभित्र विद्यार्थीलाई ट्रान्सक्रिप्ट उपलब्ध गराउने व्यवस्था लागू गर्ने सहमति गरेका छन् ।...

कर्णाली नदीमा बेपत्ता दुई जनाको शव फेला
कर्णाली नदीमा बेपत्ता दुई जनाको शव फेला
  • २०७४ फाल्गुन ७, ०६: ०३

काठमाडौँ : तुर्माखाँद गाउँपालिका-३ भैरवस्थानस्थित बल्दे नजिकै कर्णाली नदीमा बेपत्ता दुई जनाको शव फेला परेको छ । तुर्माखाँद गाउँपालिका-३ का...