निर्वाचनको मुखमा अमेरिकामा काेराेना संक्रमणकाे दर हालसम्मकै उच्च – Naya Bikalpa
April 17, 2026, Friday      Epaper

निर्वाचनको मुखमा अमेरिकामा काेराेना संक्रमणकाे दर हालसम्मकै उच्च


नयाँ विकल्प,


काठमाडाैं- अमेरिकामा २४ घण्टाको अवधिमा कम्तीमा ९४ हजार मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएको अधिकारीहरूले शुक्रवार जानकारी दिएका छन्। राष्ट्रपतीय निर्वाचन हुन केही दिन बाँकी रहँदा त्यहाँका दर्जनाैं राज्यमा सङ्क्रमितको सङ्ख्या निकै बढेको छ।

यसअघि बिहीवार ९१ हजार सङ्क्रमित फेला पर्दा नयाँ कीर्तिमान बनेको थियो। त्यो फेरि भङ्ग भएको छ। जोन्स हप्किन्स् यूनिभर्सिटीको तथ्याङ्कअनुसार अमेरिकामा अहिलेसम्म कुल ९० लाखभन्दा बढी मानिस सङ्क्रमित भएका छन्।

अस्पतालहरूको चेतावनी

डोनाल्ड ट्रम्प र जोन वाइडेनबीच मङ्गलवार चुनावी प्रतिस्पर्धा हुँदैछ। दैनिक मृत्यु हुनेको सङ्ख्या पनि शुक्रवार बढेर ९ सय ३३ पुगेको छ। महामारीको मारमा परेका २१ वटा राज्यमध्ये सन् २०२० को चुनावमा निर्णायक हुने ठानिएका राज्यहरूमा निकै गम्भीर प्रभाव देखिएको छ।

तीव्र प्रतिस्पर्धा हुने राज्य विस्कन्सिनका अस्पतालहरूले शुक्रवार हुने राष्ट्रपति ट्रम्पको चुनावी र्‍यालीले प्रकोपलाई झन् नराम्रो बनाउन सक्ने चेतावनी दिएका छन्।

विभिन्न अस्पतालहरूले संयुक्त विज्ञप्ति निकाल्दै भनेका छन्, “अमेरिकामा निकै तीव्र रूपमा सङ्क्रमण बढेका स्थानहरूमा, विशेषगरी विस्कन्सिनको ग्रीन बेमा ठूला भिडबाट टाढै रहनु अरू बेलाभन्दा अहिले निकै महत्त्वपूर्ण छ।”

ट्रम्पका पछिल्ला र्‍यालीहरूमा सहभागीहरूलाई मास्क दिइनुका साथै उनीहरूको स्क्रीनिङ गरिएको थियो।

‘अमेरिका गलत बाटोमा’

महामारीका कारण त्यस्ता कार्यक्रमहरू खुला स्थानमा आयोजना गरिएका थिए। तर त्यहाँ सामाजिक दूरीकाे नियम पालना भएको छैन र केही समर्थकहरू मास्क पनि लगाउँदैनन्। वाइडेनले पनि चुनावी अभियान गरिरहेका छन्। तर डेमोक्र्याटहरूको र्‍यालीमा समाजिक दूरीको अभ्यास लागु गरेको पाइन्छ।

जोन्स हप्किन्स यूनिभर्सिटीले अमेरिकामा कोभिड-१९ का कारण दुई लाख २९ हजार मानिसले ज्यान गुमाएको जनाएको छ। अमेरिकी स्वास्थ्य विज्ञहरूले महामारीसँगै फ्लूको मौसम पनि आउन लागेकाले सङ्क्रमण र मृत्यु दर बढ्ने चेतावनी दिइरहेका छन्।

ह्वाइट हाउसका कोरोनाभाइरस कार्यदलका सदस्य तथा सङ्क्रामक रोग वीज्ञ डा. एन्थोनी फाउचीले बुधवार सीएनबीसीसँग कुरा गर्दै ‘देश गलत बाटोतर्फ गइरहेको’ बताएका थिए।

उनको भनाइ थियो, “यदि अवस्था बलदिएन, अहिलेकै बाटोमा हिँडियो भने थप सङ्क्रमण, अस्पताल भर्ती र मृत्यु सबै कुराले देशलाइ ठूलो पीडामा धकेलिने बाटोमा जानेछौँ। –विविसीबाट

सम्बन्धित समाचार

सुदूरपश्चिममा कांग्रेसको निर्वाचन समीक्षा तथा महाधिवेशनसम्बन्धी कार्यक्रम स्थगित
सुदूरपश्चिममा कांग्रेसको निर्वाचन समीक्षा तथा महाधिवेशनसम्बन्धी कार्यक्रम स्थगित
  • २०७७ कार्तिक १६, ०९: ४५

काठमाडौं : नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशमा आयोजना गर्ने भनिएको निर्वाचन समीक्षा तथा १५औँ महाधिवेशनसँग सम्बन्धित कार्यक्रम हाललाई स्थगित गरेको छ ।...

अनधिकृत पत्र लेखेर रेशम चौधरीलाई थुनाउने महिमानसिंह विष्टलाई ६ महिना कैद
अनधिकृत पत्र लेखेर रेशम चौधरीलाई थुनाउने महिमानसिंह विष्टलाई ६ महिना कैद
  • २०७७ कार्तिक १६, ०९: ४५

काठमाडौं : सर्वोच्च अदालतमा रहँदा अनधिकृत पत्र लेखेका महिमानसिंह विष्टलाई ६ महिना कैद सजाय तोकिएको छ । अनधिकृत पत्र लेखेर...

संसदीय दलको नेतृत्व चयनअघि सांसदहरूसँग छलफल गर्दै कांग्रेस
संसदीय दलको नेतृत्व चयनअघि सांसदहरूसँग छलफल गर्दै कांग्रेस
  • २०७७ कार्तिक १६, ०९: ४५

काठमाडौँ : नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया अघि बढाउने सन्दर्भमा आफ्ना प्रतिनिधि सभा सदस्यहरूसँग छलफल गर्ने तयारी गरेको...