चुच्चे रेलदेखि घरघरमा ग्याँस, पानी जहाजदेखि हावाबाट बिजुलीसम्म – Naya Bikalpa
April 19, 2026, Sunday      Epaper

चुच्चे रेलदेखि घरघरमा ग्याँस, पानी जहाजदेखि हावाबाट बिजुलीसम्म

ओलीले पूरा गर्लान् आफ्नै बोली ? 

मुलुकको ४१ औं प्रधानमन्त्री र आफ्नो जीवनकालको दोस्रो पटक प्रधानमन्त्री बनेका एमाले अध्यक्ष खड्ग प्रसाद ओलीलाई बधाई ज्ञापन गर्नेको लर्काे लागेको छ । चुनाव सकिने वित्तिकै सिंहदरबार पस्न खुट्टा उचालिरहेको ओलीलाई संवैधानिक त्रुटिका कारण सिंहदरबारको यात्रामा केही समय विलम्ब भयो ।

राष्ट्रियसभाको निर्वाचन सम्पन्न भएलगत्तै निर्वाचन आयोगले चुनावको अन्तिम मतपरिणाम सार्वजानिक गरेपछि ओली माओवादीको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त भए । उनी प्रधानमन्त्रीमा नियुक्त भएपछि उनले घोषण गरेका कुराहरु के गर्लान् भन्ने सर्वत्र जिज्ञासा छाएको छ ।

नेपालमा चुच्चे रेल कुदाउने देखि लिएर घरघरमा ग्याँसको पाईप पु¥याउने घोषण गरेर चर्चामा आएका ओली प्रधानमन्त्रीका रुपमा दोस्रो पटक सिंहदरबार पुगेका छन् । बाल्यकालमा निकै कष्टकर जीवन बिताएका ओली प्रधानमन्त्री जस्तो गरिमामय ठाँउमा पुगेपछि गरिब निमुखाले पनि उनीमाथि ठुलो आशा गरेका छन् ।

उनले भोगेजस्तै गरिबीको चपेटमा परेका नागरिकले उनको सत्तारोहणप्रति आशापूर्ण नजर लगाइरहेका छन् । पहिलो प्रधानमन्त्रीत्वकाल यता लगातार चढ्दै गएको आफ्नो लोकप्रियताको ‘ग्राफ’ र त्यही अनुपातमा उनले बाँड्दै हिँडेको समृद्धि सपनाले आशावादी बनेका धेरै मान्छेले ओलीबाट गरेको अपेक्षा सानो छैन । सम्भवतः सिंहदरबारमा ओलीको दोस्रो इनिङको सबैभन्दा ठूलो चुनौती नै यही हो ।

पानी जहाज कुदाउने देखि लिएर हावाबाट बिजुली निकाल्ने घोषण गरेका ओलीको बोलीले त्यसबेला खुबै चर्चा पायो । कतिले उनको भनाईलाई अस्वभाविक र ठट्यौलीपनको रुपमा लिएभने कतिपयले सम्भव भएपनि तत्काल असम्भव भएको बताए । सार्वजानिक कार्यक्रमहरुमा उुखान टुक्का देखि व्यंग्या गर्न खप्पिस ओलीलाई काम गरेर देखाउने अवसर जुरेको छ । स्पष्ट बहुमत नुहँदा विगतमा राम्रोसँग काम गर्न नपाएको बताएका ओलीलाई यसपटक भने बामगठबन्धनको स्पष्ट बहुमत प्राप्त भएको छ ।

एमाले र माओवादीबीच भएको सहमति अनुसार अबको ५ वर्षको कार्यकालमा ओलीले ३ वर्ष सरकारको नेतृत्व गर्ने भएका छन् भने प्रचण्डले २ वर्ष गर्ने सहमति भएको छ । माओवादी केन्द्रको समर्थनमा बिहिवार प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले विगतमा गरेका बाचाहरुमध्ये केही पनि उल्लेख गरेनन् ।

संविधान जारी भएपछि नेपालमा भएको ६ महिने नाकाबन्दीमा आफुलाई भारतविरोधि भनेर चित्रण गर्न भ्याएका ओलीलाई जनताले बहुमत दिएर देशकै कार्यकारी प्रमुखमा पु¥याएको छ । संघीयताको अभ्यास गरिरहेको मुलुकमा ओलीलाई संघीयता संस्थागत गर्दै सम्मृद्धितर्फ अगाडि बढाउनु पर्ने महत्वपूर्ण जिम्मेवारी थपेको छ ।

पहिलो पटक संघीयतामा प्रवेश गरेको देशमा सुविधाजनक बहुमत सहित देशको कार्यकारी प्रमुखमा निर्वाचित भएका उनलाई अब भाषण भन्दा काम गरेर देखाउनुपर्ने भएको छ । लामो राजनीतिक क्रान्तिको अन्त्य भएसँगै आर्थिक सम्मृद्धिको दिशातर्फ अगाडि बढिरहेको नेपाललाई अब कसरी डो¥याउने भन्ने उनको हातमा छ । चीन निकट भनेर चिनिने ओलीलाई पछिल्लो समय भारतले पनि निकै महत्वका साथ हेरेको छ । बामगठबन्धनको सरकार बन्ने प्राय निश्चित भईसकेको अवस्थामा विदेशमन्त्रीलाई नेपाल पठाएर भारतले सम्बन्ध सुधारको संकेत दिईसकेको छ । ६ महिने नाकाबन्दीका क्रममा चीनमा गएर ओलीले विभिन्न सम्झौता गरेका थिए ।

भूपरिबेष्ठित देश नेपाललाई सम्मृद्धितर्फ अघि बढ्न छिमेकी देशहरुको सहयोग र समर्थनको आवश्यकता पर्छ । लामो सङक्रमणकालको अन्त्यपछि संघीय नेपालको पहिलो प्रधानमन्त्रीको रुपमा ओलीले अबको दुई देशबीचको सम्बन्धलाई कसरी अगाडि बढाउलान् त्यो हर्न बाँकी नै छ ।

वामगठबन्धनलाई बहुमत प्राप्त हुने निश्चित भएपश्चात भारत सरकारले ओलीसँग सम्बन्ध सुधार गर्ने प्रयास गरेको छ । त्यसको ज्वलन्त उदाहरण भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आप्mनो विदेशमन्त्री शुष्मा स्वराजलाई नेपाल पठाएर नयाँ बन्ने ओली सरकारको नेतृत्वसँग छलफल तथा दुई देशको आपसी सम्बन्धमा सुधार ल्याउन पहलकदमी सुरु गरिसकेको हुँदा अब भारतले हिजोको जस्तो संवेदनशील कार्यमा सहकार्य गर्ने प्रतिबद्धता समेत जाहेर गरेको अवस्थामा केपी ओलीको भारतसँगको सम्बन्ध सुधार आउने अपेक्षा मोदि सरकारले गरेको हुनुपर्दछ ।

विगतका केही तीता अनुभवले पनि बहुमत प्राप्त वामगठबन्धनको नेतृत्वकर्ता एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले पनि हिजोको दिनलाई कोट्याउने भन्दा पनि समाधान तर्पm लैजाने प्रयास गरेमा छिमेकी राष्ट्रको सम्बन्ध प्रगाढ हुनेछ । नेपाल देश दुई ठूला शक्तिशाली देशको बीचमा रहेको हुँदा छिमेकी राष्ट्रसँग असल सम्बन्ध राख्न सकेमा मात्र राजनैतिक स्थायित्वदेखि विकासले गति लिनै सक्ने यस भन्दा अगाडिका राजनैतिक घटनाक्रमले देखाइसकेको हुँदा विदेशी नीतिमा निकै संवेदनशील हुनुपर्ने देखिन्छ ।

त्यसमा पनि छिमेकी राष्ट्र भारतसँग खुला सिमानादेखि पौराणिक रीतिरिवाजले समेतले प्रभाव पारेको हुँदा भारतसँगको सम्बन्धलाई असल बनाउन नेतृत्वकर्ता सरकारले जहिले पनि ध्यान पु¥याउनुपर्ने हुन्छ । वर्तमान अवस्थामा स्थानीय तह चुनावमा पहिलो पार्टी भएको एमाले प्रदेश र प्रतिनिधिसभा चुनावमा पनि पहिलो पार्टी भएको छ । प्रदेश र प्रतिनिधिसभा चुनावमा माओवादी केन्द्रसँग वाम एकता गरेर चुनावमा गएको एमाले र माओवादी बामगठबन्धनले स्थानीय तहदेखि प्रतिनिधिसभासम्म बहुमत प्राप्त गरेकोले जनताको अभिमतको अभिभारा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कसरी पूरा गर्छन् त्यो हेर्न बाँकी छ ।

सम्बन्धित समाचार

सरकारी कर्मचारीलाई अब १५–१५ दिनमै तलब
सरकारी कर्मचारीलाई अब १५–१५ दिनमै तलब
  • २०७४ फाल्गुन ७, ०६: १२

काठमाडौं : सरकारले सरकारी कर्मचारीहरूको तलबभत्ता भुक्तानी प्रणालीमा महत्वपूर्ण परिवर्तन गर्दै अब अर्धमासिक रूपमा रकम उपलब्ध गराउने निर्णय गरेको छ ।...

नतिजा सार्वजनिक भएको दुई साताभित्रै ट्रान्सक्रिप्ट उपलब्ध गराइने
नतिजा सार्वजनिक भएको दुई साताभित्रै ट्रान्सक्रिप्ट उपलब्ध गराइने
  • २०७४ फाल्गुन ७, ०६: १२

काठमाडौँ : देशका विश्वविद्यालयहरूले परीक्षाफल सार्वजनिक गरेपछि १५ दिनभित्र विद्यार्थीलाई ट्रान्सक्रिप्ट उपलब्ध गराउने व्यवस्था लागू गर्ने सहमति गरेका छन् ।...

कर्णाली नदीमा बेपत्ता दुई जनाको शव फेला
कर्णाली नदीमा बेपत्ता दुई जनाको शव फेला
  • २०७४ फाल्गुन ७, ०६: १२

काठमाडौँ : तुर्माखाँद गाउँपालिका-३ भैरवस्थानस्थित बल्दे नजिकै कर्णाली नदीमा बेपत्ता दुई जनाको शव फेला परेको छ । तुर्माखाँद गाउँपालिका-३ का...