भेन्टिलेटरमा उपचाररत कांग्रेस नेता विश्वकर्माको स्वास्थ्यमा सुधार – Naya Bikalpa
September 23, 2026, Wednesday      Epaper

भेन्टिलेटरमा उपचाररत कांग्रेस नेता विश्वकर्माको स्वास्थ्यमा सुधार

नयाँ विकल्प,

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभामा सदस्य मिनबहादुर विश्वकर्माको होस खुलेको छ ।

कोरोना भाइरसबाट संक्रमित विश्वकर्माको विगत एक सातादेखि ग्राण्डि इन्टरनेसनल अस्पतालको भेण्टिलेटरमा राखेर उपचार भएको थियो । बेहोस अवस्थामा रहेका नेता विश्वकर्माको होस खुलेको छ भने कोभिड १९ नेगेटिभ आएको छ ।

कात्तिक १ गतेदेखि कोरोना पुष्टि भएपछि घरमै आराम गरिरहेका विश्वकर्मालाई कात्तिक ८ गते अस्पताल भर्ना गरिएको थियो । स्वास प्रस्वासमा समस्या भएपछि बीरअस्पतालमा भर्ना गरिएका उनलाई पछि ग्राण्डि लगिएको थियो ।

नेता विश्वकर्मालाई निमोनिया भएपछि भेण्टिलेटरमा राखिएको थियो । उनको उपचारमा ध्यान दिन कांग्रेसले सरकारको ध्यानाकर्षण गराउनुको साथै एयर एम्वुलेन्समार्फत नयाँ दिल्ली लैजान समेत आग्रह गरेको थियो ।

सम्बन्धित समाचार

कांग्रेस नागर्जुन सभापतिमा राजेन्द्र बुढाथोकी विजयी
कांग्रेस नागर्जुन सभापतिमा राजेन्द्र बुढाथोकी विजयी
  • २०७७ कार्तिक १८, १७: १६

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत काठमाडौंको नागार्जुन नगर सभापतिमा राजेन्द्र बुढाथोकी विजयी भएका छन्। नागार्जुन नगरको तेस्रो नगर अधिवेशनअन्तर्गत...

नेपाली कांग्रेसको १५औं महाधिवेशन : ५१२ पालिकामा अधिवेशन सम्पन्न
नेपाली कांग्रेसको १५औं महाधिवेशन : ५१२ पालिकामा अधिवेशन सम्पन्न
  • २०७७ कार्तिक १८, १७: १६

काठमाडौं : नेपाली कांग्रेस को १५औँ केन्द्रीय महाधिवेशन अन्तर्गत देशभर पालिका तहका अधिवेशन सुरु भएका छन्। पार्टी केन्द्रीय कार्यसमितिको निर्णयअनुसार...

शुक्रबारदेखि भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह
शुक्रबारदेखि भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह
  • २०७७ कार्तिक १८, १७: १६

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबारदेखि आइतबारसम्म देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै बाढी, पहिरो, डुबान...